पदम चौलागाईं र महिन्द्रा भियाललाई ‘दानबहादुर शाही उत्कृष्ट छात्रवृत्ति पुरस्कार’

पदम चौलागाईं र महिन्द्रा भियाललाई ‘दानबहादुर शाही उत्कृष्ट छात्रवृत्ति पुरस्कार’
+
-

मुगु – मुगुका दुई जेहेन्दार विद्यार्थीलाई ‘दानबहादुर शाही उत्कृष्ट छात्रवृत्ति पुरस्कार’ प्रदान गरिएको छ। गत वर्ष स्थापना गरिएको उक्त छात्रवृत्तिबाट विजय मावि, कालैका उत्कृष्ट विद्यार्थी पदम चौलागाईं र महिन्द्रा भियाललाई जनही १० हजार रुपैयाँ  पुरस्कार दिइएको हो।

बिहीबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा कांग्रेस महासमिति सदस्य एवं नेविसंघ केन्द्रीय सदस्य धर्मराज शाहीले पुरस्कृत विद्यार्थीलाई नगद प्रदान गरेका थिए। साथै, सोही अवसरमा मुगुस्थित दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झोला वितरण गरिएको थियो।

सोरु गाउँपालिका–९ स्थित विजय माविमा अध्ययनरत १२० जना र वडा नम्बर ८ को बालज्योति निमावि, गिलाहाँमा अध्ययनरत ५० जना विद्यार्थीलाई स्कुल झोला वितरण गरिएको हो।

गत वर्ष नेपाली कांग्रेस मुगुका वरिष्ठ नेता दानबहादुर शाहीको नाममा ‘दानबहादुर शाही उत्कृष्ट शैक्षिक उपलब्धि पुरस्कार’ घोषणा गर्दै अक्षयकोष स्थापना गरिएको थियो। कार्यक्रममा विजय मावि, कालैका प्रधानाध्यापक वीरबहादुर बमले नेविसंघका चर्चित नेता धर्मराज शाहीले जन्मभूमिप्रति देखाएको लगावका लागि धन्यवाद ज्ञापन गरेका थिए।

प्रधानाध्यापक बमले भने, ‘मुगु जिल्लामा अहिलेसम्म कसैले व्यक्तिगत लगानीमा अक्षयकोष स्थापना गरेर छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको रेकर्ड छैन। उहाँले विद्यार्थीका लागि गरेको योगदान अत्यन्त प्रशंसनीय छ।’

केन्द्रीय सदस्य धर्मराज शाहीले गत वर्ष एक विद्यालयमा मात्र गरिएको कार्यक्रम यस वर्ष दुई विद्यालयमा विस्तार गरिएको र आगामी वर्षदेखि सम्पूर्ण सोरु गाउँपालिकाका सामुदायिक विद्यालयमा सहयोग पुर्‍याउने योजना रहेको जानकारी गराए।

उनले थपे, ‘राजनीति जनताको सेवाका लागि हो। जिल्लाको सर्वाङ्गीण विकासका लागि शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै हामीले अक्षयकोष स्थापना गरेका हौँ।’

गत वर्ष आधा दर्जन नेविसंघका केन्द्रीय सदस्य विकट जिल्ला मुगुको कालै गाउँ पुगेर अक्षयकोष स्थापना गरेका थिए। कांग्रेस मुगुका नेता दानबहादुर शाहीले भूमि आयोगको सदस्य पदमा रहँदा प्राप्त पारिश्रमिक अक्षयकोषमा जम्मा गरी जेहेन्दार तथा गरिब विद्यार्थीलाई सहयोग गरेको बताएका छन्।

कार्यक्रममा नेविसंघका नेता शाहीसहित उनका पिता दानबहादुर शाही, नेविसंघ केन्द्रीय सदस्य शिवलाल डाँगर, नेविसंघ नेता रामराज मल्ललगायत स्थानीय व्यक्तिको उपस्थिति थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?