रौतहट गरुडाका दस निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

रौतहट गरुडाका दस निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
+
-

वीरगञ्ज- रौतहटको गरुडा नगरपालिकामा रहेको दसवटा निजी अस्पताल बन्द गर्न मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले निर्देशन दिएका छन् ।

बिहीबार मुख्यमन्त्री सिंहसहितको टोलीले गरुडामा रहेका अस्पतालहरूको अनुगमन गरेको थियो ।अनुगमनको क्रममा ती अस्पतालहरू विधिसम्मत ढङ्गले सञ्चालन नभएकोले बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले बताए ।

‘रौतहटको गरुडा नगरपालिकाका १० वटा निजी अस्पतालको अनुगमन गरेँ । ती जम्मै अस्पताल विधिसम्मत ढङ्गले सञ्चालन भएका देखिएनन्, ‘ उनले भने, त्यसैले ती अस्पताललाई बन्द गर्न निर्देशन दिएको छु ।’

गरुडा नगरपालिका-५ शिवनगरमा रहेको आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि, वडा नम्बर-४ गरुडामा रहेको अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप अस्पताललाई बन्द गर्न निर्देशन दिइएको हो ।

मापदण्ड पुरा गरेपछि मात्र अस्पताल सञ्चालन गर्न भन्दै नियम प्रक्रिया नपुगुन्जेलसम्म हस्पिटल बन्द राख्न सञ्चालकहरुलाई पत्र थमाइएको थियो ।मुख्यमन्त्री सिंहसहितको अनुगमन टोली आएपछि कतिपय अस्पताल सञ्चालकहरू अस्पताल बन्द गरेर भागेका थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’