रसियाद्वारा युक्रेनको ऊर्जा प्रणालीमा भीषण आक्रमण, कम्तीमा १८ जना घाइते

रसियाद्वारा युक्रेनको ऊर्जा प्रणालीमा भीषण आक्रमण, कम्तीमा १८ जना घाइते
+
-

रसियाले युक्रेनको उर्जा प्रणालीमा पुन भिषण आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार, रातभर चलेको रूसी आक्रमणमा कम्तीमा १८ जना घाइते भएका छन् भने भौतीक संरचनाहरुमा ब्यापक क्षति पुगेको छ।

युक्रेनको ऊर्जा मन्त्रीका अनुसार, ऊर्जा र ग्यास पूर्वाधारमा रूसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणले गम्भीर क्षति पुर्यातएको छ। युक्रेनी वायु सेनाले पहिलो पटक फ्रान्सेली मिराज लडाकु विमानहरू प्रयोग गर्दै आक्रमण रोक्ने प्रयास गरेको छ।

रूसी आक्रमणले मुख्य रूपमा युक्रेनी ग्यास उत्खनन उद्योगलाई निशाना बनाएको छ। युक्रेनी वायु सेनाका अनुसार, रूसले ग्यास उत्खनन क्षेत्रमा लक्षित गरी ६७ क्षेप्यास्त्र र १९४ ड्रोन प्रयोग गरेको छ।

आक्रमणमा ४३ क्रूज मिसाइल, ३ कालीबर ब्यालिस्टिक मिसाइल, र ८ केएच९५९र६९ मिसाइलहरू समावेश थिए। युक्रेनी सेनाले ३३ क्रूज मिसाइल, १ केएच ५९र६९ मिसाइल, र १०० ड्रोन खसालेको दाबी गरेको छ।

एफ९ १६ र मिराज २००० लडाकु विमानहरू आक्रमण रोक्न प्रयोग गरिएको युक्रेनले जनाएको छ। फ्रान्सबाट प्राप्त मिराज विमानहरू पहिलो पटक प्रयोग गरिएका हुन्, जुन एक महिना अघि मात्र युक्रेन पुगेका थिए।

पोल्यान्डको सेनाले आक्रमणको क्रममा लडाकु विमानहरू उडाएको र हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरेको जनाएको छ। यो आक्रमण अमेरिकाले युक्रेनलाई सैन्य सहायता सँगै गुप्तचर सूचना साझेदारीमा समेत रोक लगाएपछि भएको हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आगामी हप्ता साउदी अरेबियामा अमेरिकासँग पुन वार्ता गर्ने कार्यतालिका रहेको छ। जहाँ अमेरिका९युक्रेन वार्ता हुनेछ, जसमा युद्ध अन्त्यका उपायबारे छलफल गरिने छ साथै रोकिएको खनिज सम्झौताहरु समेत हुन सक्ने जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?