वीरगञ्ज – राजसंस्था पक्षधरहरुले वीरगञ्जमा राजासहितको प्रजातन्त्रको माग गर्दै शनिबार मोटरसाइकल र्याली तथा बृहत् आमसभा गरेका छन्।
मोटरसाइकल र्यालीले वीरगञ्ज महानगरक्षेत्रको परिक्रमा गर्दै लालबङ्लामा पुगेर बृहत् आम सभामा परिणत भएको थियो।

र्यालीमा सहभागीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राष्ट्र कायम गर’लगायतको नारा लगाएका थिए।
मोटरसाइकल र्याली तथा आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा सांसद दिपक सिंह, बिना जैसवालको पनि सहभागिता रहेको थियो।

‘२०७२ सालको अवैध संविधान खारेज गरौँ, नेपाल अधिराज्यको संविधान २०४७ घोषणा गरौँ’ भन्ने नाराका साथ राष्ट्रिय नागरिक संघर्ष समितिले आमसभाको आयोजना गरेको थियो। आमसभालाई सम्बोधन गर्ने वक्ताहरुले राष्ट्र बचाउनको लागि राजा चाहिएको बताएका थिए।
 
 
 
 
 
 

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































