सिटौलाको जिल्लामा शेखर पक्षको दरिलो उपस्थिति !

सिटौलाको जिल्लामा शेखर पक्षको दरिलो उपस्थिति !
+
-

झापा – नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति पदका प्रत्यासीको रुपमा देखापरेका पार्टीका वरिष्ठ नेता डा. शेखर कोइराला दुई दिन झापामा बसेर कार्यकर्तासँग भेटघाट गरे।

झापा पार्टीका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको गृह जिल्ला पनि हो। उनले सभापति पदका लागि उम्मेदवार बन्नका लागि मुख त खोलेका छैनन् तर उनका केही समर्थकका अनुसार उनी पनि सभापति पदका लागि उम्मेदवार बन्नेछन्।

शेखर कोइरालाले सिटौलाको प्रभाव न्यून गर्नका झापामा निकै ठूलो कसरत गरेका पार्टीका केही कार्यकर्ताले बताएका छन्। नाम उल्लेख नगर्ने सर्तमा ती कार्यकर्ताले भने, ‘दाइ आएपछि एक प्रकारले माहोल बनेको छ। धेरै जिल्लास्तरीय नेता/कार्यकर्ताले दाइलाई साथ दिने वचन दिएका छन्।

गत शुक्रबार झापा आइपुगेका कोइरालाले पत्रकार सम्मेलनमा महाधिवेशन २०८२ चैतभित्र गर्नैपर्ने बताएका थिए। त्यसको भोलिपल्ट शनिवार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा सबै कार्यकर्तालाई सोही समयावधि भित्र महाधिवेशन गर्न दबाब दिँदै सामाजिक सञ्जालहरूमा स्टाटस लेख्न अनुरोध गरेका थिए।

आफूले कांग्रेसको भुत्ते भएको वैचारिक धारमा साँध लगाउन लागिपरेको बताए। उनले भने, ‘केही समयदेखि काँग्रेसको धार भुत्ते भयो। म धार लगाउने प्रयास गर्दैछु। तपाईँहरूको साथ पाएँ भने म सक्छु।’

कार्यक्रममा पार्टीका अर्का नेता बलबहादुर केसीले नेता कोइरालालाई गुटको नेता नभएर दलकै नेता बन्न सुझाव दिए। नेता सिटौलाको राम्रै प्रभाव रहेको झापामा विगतमा सिटौला खेमामा देखिएका धेरै कार्यकर्ताहरूको शेखरको कार्यक्रममा उपस्थिति थियो। केही कार्यकर्ताले भन्दैथिए, ‘कांग्रेसले विचार पोलेर खाएकाले शेखर दाइले विद्रोह गर्नु भएको हो। पार्टीको नेतृत्व सत्तालिप्त भयो।’

दुई दिनको बसाइँमा कोइरालाले कांग्रेसका पुराना नेताहरू राजेन्द्र घिमिरे, दयानन्द गोस्वामी, सिताराम भट्टराई, सूर्यनारायण ताजपुरिया, खड्ग राजवंशी, प्रेम सम्बाहाम्फे, मदन बुढाथोकी, भगिरथ पोद्दारलगायतसँग छुट्टा-छुट्टै भेट गरेका थिए।

शनिवारको कोइराला प्रमुख अतिथि रहेको सार्वजनिक कार्यक्रममा जिल्ला सभापति देउमान थेबे, उपसभापति केशव पाण्डे उपस्थित रहे पनि अन्य पदाधिकारी देखिएनन्।

तर, उनलाई साथ दिने उद्धेश्यले हो या कुरा सुन्न हो, पार्टीका कार्यकर्ताको उपस्थिति दरिलो देखिथ्यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?