महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छः प्रधानन्यायाधीश राउत

महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छः प्रधानन्यायाधीश राउत
+
-

काठमाडौं- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताएका छन् ।

सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन- २०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले युस्तो बताएका हुन् ।

उनले आफ्नो तर्फबाट महिलाहरुलाई न्यायालय र न्यायप्रणालीको गौरव बनाउने कुरामा सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले गौरव सहजै प्राप्त नहुने भन्दै न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै गौरव प्राप्त हुने जिकिर गरे । महिला न्यायाधीशहरुले न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि गर्नसक्ने पनि बताए ।

प्रधानन्यायाधीश राउतले भने,’महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्दछ । यसमा म तपाईंहरुलाई मेरातर्फबाट मैले जुन भुमिका निर्वाह गर्नुपर्दछ, म शुभकामना, बधाई दिन चाहन्छु । म तपाईंको लागि कुनै सहयोग गर्नपरे कुनै कसर बाँकी राख्नेछैन । यो महिला न्यायाधीशहरुको गौरवको कुरा गर्दा त्यो गौरव त्यसै आउँदैन । न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै त्यो गौरव प्राप्त हुन्छ । न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि हुनसक्छ ।’

प्रधानन्यायाधीश राउतले अहिलेको न्यायालयको नेतृत्वले न्यायिक सुधारलाई प्राथमिकता दिएर अघि बढिरहेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?