वीरगञ्ज – पर्सा जिल्ला प्रशासन कार्यालय परिसरमा एक जना मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन्।
सोमबार दिउँसो जिल्ला प्रशासनमा पुगेका बाराको पचरौता नगरपालिका-४ घर भई पर्साको वीरगञ्ज महानगरपालिका-२४ रामगढवा टोलमा डेरा गरी बस्ने ६० वर्षीय एकजनाले आत्मदाहको प्रयास गरेका हुन्।
उनले आफ्नो जिउमा पेट्रोल खन्याएर आगो लगाउन खोजेका थिए। आत्मदाहको प्रयास गरे पनि जिल्ला प्रशासनमा रहेका प्रहरीले रोकेर उद्धार गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
उनले १ लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख पर्ने जग्गा साहुको नाममा पास गरिदिएका थिए। प्रहरीका अनुसार लिएको ऋण तिर्दासमेत साहुले जग्गा फुकुवा गर्न नमानेको र आफूले न्याय पाउन नसकेको भन्दै उनले आत्मदाहको प्रयास गरेका हुन्।
घटनास्थलबाट उद्धार गरिएका उनलाई उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको तथा उनको अवस्था समान्य रहेको प्रजिअ अर्यालले बताए।
मिटरव्यासम्बन्धी मुद्दाहरु अहिले जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































