देशसञ्चार चौतारीमा भाग-८७

५० वर्ष पुरानो त्यो गीत र अनेकौँ किस्साहरू

+
-

काठमाडौँ- दार्जिलिङमा बसेर नेपाली संगीतको साधना गरिरहेका प्रख्यात संगीतकार चन्दन लमजेल र ‘भैँसी लड्यो है’ गीतकी प्रख्यात गायिका डेजी बराइलीलाई हामीले यसपालि देशसञ्चार चौतारीमा निम्त्याएका छौँ।

‘भैँसी लड्यो है’ गीत रेकर्डिङ भएको अहिले ५० वर्ष बितिसकेको छ। तर, यो गीतको लोकप्रियता भने कम भएको छैन। सन् १९७५ मा पहिलोपल्ट डेजी काठमाडौँ आउँदा यो गीत रेकर्ड भएको थियो। त्यो गीत रेकर्ड गर्दा उनले ७ सय रुपैयाँ पारिश्रमिक पाएकी थिइन्।

यही गीतका सन्दर्भमा घुम्दै हिँड्दा चन्दन लमजेलसँग उनको मायाप्रीति बस्यो र बिहे पनि भयो। अहिले यो सांगीतिक जोडीकी छोरी विमोचना लमजेल पनि गायनमै छिन् भने छोरा अनमोल लमजेल मुम्बईमा संगीत साधनामै व्यस्त छन्।

उता चन्दन लमजेलले पनि युवाअवस्थामै नारायणगोपालजस्ता प्रसिद्ध गायकलाई आफ्नो संगीतमा गीत गाउन लगाएका थिए।

डेजीले ‘भैँसी लड्यो है’ गीत गाएको ५० वर्षपछि आज सम्झिँदा पनि त्यो गीतबाट एक रुपैयाँ पनि अतिरिक्त पारिश्रमिक वा रोयल्टी नपाएको पनि जानकारी देशसञ्चार चौतारीका क्रममा दिइन्।

दार्जिलिङबाट यसपटक ‘नेपालय’ले आयोजना गरेको पलेँटी श्रृंखलामा डेजी, उनका श्रीमान् चन्दन र छोरी विमोचनाले दार्जिलिङका प्रख्यात गीतकार नोर्देन रुम्बाका शब्दहरू प्रस्तुत गरेका थिए। यसअघि पनि पलेँटी श्रृंखलाका लागि गाइसकेका लमजेल दम्पती पहिलोपटक कुनै दार्जिलिङ गीतकारको एकल कार्यक्रम काठमाडौँमा गर्दा निकै प्रसन्न पनि देखिए।

यी दम्पतीले देशसञ्चार चौतारीमा नोर्देन रुम्बाको प्रसंगमात्र कोट्याएनन्, नारायणगोपाल र दाबा ग्याल्मोका रमाइला स्मरणहरू सम्झिए। चन्दनले नोर्देन रुम्बालाई आशुगीतकारको उपाधि पनि दिए। ‘उहाँलाई गीत बनाउन कत्ति समय नै नलाग्ने!’ उनले बताए।

चियाबगानकी मेमसाब्‌ले आफ्नो नाम डेजी राखिदिएको सम्झिन्छिन् डेजी। १६ वर्षकै उमेरमा ‘भैँसी लड्यो है’ गीत गाएकी डेजी त्यो बेला गीतको अर्थ पनि थाहा नपाएको बताउँछिन्। गफगाफका क्रममा उनले यो चर्चित गीतसँग जोडिएका रमाइला किस्साहरू सुनाइन्।

कार्यक्रमका क्रममा चन्दन र डेजीले आफ्नो प्रेमप्रसंगका किस्साहरू पनि सुनाए। देशसञ्चार चौतारीभरि चन्दन र डेजीले एकअर्कालाई रमाइला सन्दर्भ उक्काउँदै घोचपेच गर्न पनि भ्याए।

पूरा भिडियो:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?