
मुगु – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा चैत ५ गते हुन लागेकाे स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमध्ये मुगु जिल्लाको एक क्याम्पसमा नेविसंघको नेतृत्वमा स्ववियु पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन्।
खत्याड गाउपालिकामा रहेको त्रिभुवन विश्व विद्यालयबाट सम्वन्धन प्राप्त चतुरदेव, हीरा, सुरेन्द्र, पूर्ण क्याम्पसमा मंगलबार उम्मेदवार मनोनयन दर्ता गर्दा नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले समझदारिले विभिन्न पदमा उम्मेदवारी दिदा स्ववियु पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृत वसन्त डागरले दिएको जानकारी अनुसार अध्यक्षमा नेविसंघका धनचन्द्र कार्की,उपाध्यक्षमा अखिल क्रान्तिकारीका गणेश परिवार,सचिवमा अनेरास्ववियुका गोविन्द्र विटालु,कोषाध्यक्षमा अखिल क्रान्तिकारीका नर बहादुर रावत र सह सचिवमा ज्ञानुमाया कार्की सर्व सम्मत निर्वाचित भएका हुन्।
यसैगरी सदस्यमा नेविसंघबाट जानकी उपाध्याय,मनिसा कार्की,प्राप्ती रावत,सुमित्रा शाही,अखिल क्रान्तिकारीबाट नन्दादेवी विक, सुनिलकुमार शाही, विमला शाही र अनेरास्ववियुबाट सर्मिला कार्की, तारा डागर र गगन टमाटा सर्वसम्मत निर्वाचित भएका हुन्।
अध्यक्षसहित ५ सदस्य नेविसंघ,उपाध्यक्ष,कोषाध्यक्ष सहित ५ सदस्य अखिल क्रान्तिकारी र सचिव,सह सचिव सहित ५ सदस्य अनेरास्ववियुले पाउने गरि तिनै संगठनबीच समझदारी भएको र सोहीअनुसार मनोनयन दर्ता गरेको नेविसंघ मुगुका अध्यक्ष सोवेन्द्रबहादुर मल्लले बताए।
मुगु जिल्लामा रहेका २ वटा क्याम्पसहरु मध्य रारा क्याम्पस मध्यपश्चिम विश्वविद्यालय र चतुरदेव,हिरा,सुरेन्द्र,पुर्ण क्याम्पस त्रिभुवन विश्व विद्यालयबाट सम्वन्धन प्राप्त हुन्।