सुधार केन्द्रमा युवकको हत्या प्रकरण: पक्राउ परेका ६ जना कारागार चलाल, संचालक अझै फरार

सुधार केन्द्रमा युवकको हत्या प्रकरण: पक्राउ परेका ६ जना कारागार चलाल, संचालक अझै फरार
+
-

वीरगञ्ज- बाराको कलैया उपमहानगरपालिकामा रहेको नवजन्म पुनःस्थापना केन्द्रमा कुटपिट गरी हत्या गरिएका धीरेन्द्र भन्ने प्रदीप्रसाद मण्डलको मृत्यु प्रकरणमा पक्राउ परेका सात जनामध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। एक जना धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत बाराका १ नम्बर इजलासका न्यायाधीश कोमलप्रसाद आचार्यले मंगलबार मण्डलको हत्या प्रकरण सम्बन्धि मुद्दाको सुनुवाइ गर्दै पक्राउ परेका सात जनामध्ये ६ जनालाई कारागार चलान गर्ने आदेश दिएका हुन् ।

सोही मुदामा सुधार केन्द्रका सञ्चालक साहेबबाबू मन्सुरका दाई तमन्ना मन्सुरलाई दुई लाख ५० हजार धरौटीमा रिहा गर्न न्यायाधीश आचार्यले आदेश गरेका छन् ।

मण्डलको हत्या भएको विषयमा अदालतमा दायर भएको ज्यान सम्बन्धि कसुर मुद्दामा अदालतले पक्राउ परेका ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न र एक जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए । मंगलवार भएको बहसमा पुनःस्थापना केन्द्रका सञ्चालकका दाई तमन्ना अलि धरौटीमा रिहा भएको उनले बताए ।

उक्त मुद्दामा पक्राउ परेका बाराको फेटा गाउँपालिका- ६ का प्रमेशवर साह कानु, कलैया उपमहानगरपालिका- १ का अरूण सर्राफ,३ का सरफराज मंसुरी, ४ का निरज सर्राफ र वडा नम्बर ६ का महम्मद आँसु मियाँ,राहुल साहलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको हो ।

घटनाको मुख्य आरोपीहरूमध्ये सुधार केन्द्रका सञ्चालक साहेबबाबु मंसुर उनका भाई साहिल अली, कलैया- ६ का सुरज साह भने हालसम्म फरार रहँदै आएका छन् । प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेको एसपी तामाङले बताए । उनीहरूको मोबाईल अफ रहेको, समाजिक सञ्जाल पनि निष्क्रिय रहेको त्यस्तै घरपरिवारसित पनि सम्पर्कविहीन रहेकोले खोजीमा समय लागेको उनले जानकारी दिए ।

‘संचालक फरार छन्। हामीले खोजी गरिरहेका छौं,उनीहरू घरपरिवारको पनि सम्पर्कमा छैनन् उनीहरुको मोबाइल समाजिक संजालमा पनि निष्क्रिय छन्उ,’ नले भने ।

पुनःस्थापना केन्द्रमा भर्ना भएको दुई साता नबित्दै कलैया उपमहानगरपालिका- ९ घर भएका ३७ वर्षीय मण्डललाई गत फागुन २ गते कुटपिट गरी सुधार केन्द्रमै हत्या गरिएको थियो ।

उनलाई सुधार केन्द्रका कर्मचारी र त्यहाँ भर्ना भएकाहरूले कुटपिट गरेका थिए । कुटपिटको भिडियो सिसिटिभिमा समेत कैद भएको थियो ।सुधार केन्द्रमा शारीरिक सजाय स्वीकार नगर्दा केन्द्रका कर्मचारीसहितले कुटपिट गर्दा उनको मृत्यु भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?