गणतन्त्रको बस्तीमा सात रेक्टरको भुइँचालो

गणतन्त्रको बस्तीमा सात रेक्टरको भुइँचालो
+
-

यो सात समुद्रपारिको मुलुकबाट केही दिनअघि मात्र राजावादीको विशाल प्रदर्शन र जुलुस देखियो। यो देख्दा अचम्म मात्र लागेन, ‘गणतन्त्र’का तथाकथित नेता तथा कार्यकर्ता देखेर दिक्क पनि लाग्यो। त्यतिका मानिसको बलिदान भएर आएको यो नाम मात्रको गणतन्त्र र यसका तथाकथित ‘मठाधीशहरू’को व्यवहारले यो स्थिति आएको हो भन्नुमा कुनै दुविधा भएन।

०४६ मा आफैँ सहभागी भएको जुलुसबाहेक यति विशाल सागर पहिलोपटक देखेको थिएँ र अचम्म मानेर आफैँले आफ्नो जिब्रो टोकेको थिएँ। मनमनै भनेको थिएँ, गणतन्त्रवादीका दिन अब सकिएका हुन्? यिनीहरूको ‘लुटतन्त्र’ सकिन लागेको हो? के राजा दरबार पस्ने हुन्? के नेताहरू भाग्ने योजना गर्दै छन्? कि यिनीहरूको यात्रा अब ढिलो चाँडो चारखाल वा नख्खु हुनेछ? यस्ता–यस्ता प्रश्न मनमा निकैबेर गुम्सिए।

गणतन्त्र सबैको हो। गणतन्त्रमा सबैको जित हुन्छ। अस्तिको विशाल सार्वभौम जनसागरले आफूलाई गणतन्त्रको ठेकेदार बताउने नेताहरूको लज्जाजनक पराजय र राजाको जित सुनिश्चित गरिसकेको छ र अब केबल औपचारिकता मात्र बाँकी छ भन्ने देखिन्थ्यो।

राजाप्रतिको जयजयकार र प्रधानमन्त्रीलगायत गणतन्त्रवादी नेताहरूप्रतिको जनआक्रोश र जनलहर देख्दा यिनीहरूको मनमा चिसो मात्र पसेको छैन, कतै बंगलादेश, श्रीलंका वा सिरियाको नियति त भोग्नुपर्ने होइन भन्ने आशंका र आभास परेको महसुस गरिरहेको छु।

देशलाई तन्नम वा कंगाल बनाउने र लुटतन्त्रलाई सदा प्रश्रय दिनेहरूलाई हामीले हाम्रो देशको ढुकुटी सुम्पिएका छौँ। सयौँ काण्डै काण्डको बर्को ओढेर कति दिन लुट्छौ?

हामीले भन्दै आएको कुरा के हो भने लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो। राजतन्त्र होइन। यो पनि सही हो। यिनीहरूले लोकतन्त्रका आधारभूत कुराको निश्चितता दिएका छन् त? वास्तवमा यसलाई फलाउन, फुलाउन र पल्ववित बनाउन गणिकाहरूले जत्तिको योगदान पनि दिएका छैनन्।

राजालाई निषेध गर्नु र त्यसयता हरेक नेताले राजालाई लल्कार्नुले यिनीहरूको मजबुत भनिएको गणतन्त्रको जग कतै तासैतासले बनेको त थिएन? भन्ने शंका र कौतुहल यद्यपि जनमानसमा छ। यो जुलुसले कम्तीमा पनि गणिका बस्तीमा सात रेक्टर स्केलको भूकम्प आएको भने पक्का हो।

यिनीहरूले देशको अग्रगामी विकासका लागि के गरे? ओली, शेरबहादुर देउवा र प्रचण्डले प्रधानमन्त्री भएपछि के गरे? पत्रकारको धर्म प्रश्न गर्नु हो। प्रश्न सोधेकै भरमा पास खोस्नु त्यही हो, हामीले खोजेको गणतन्त्र? यही हो हामीले ल्याएको गणतन्त्रको मर्म? लोकतन्त्रलाई उन्नत र समृद्ध बनाउन त कता–कता, उल्टै यसको जरा र हाँगा काटेर यसको प्राणान्त गर्ने मनसायबाट यिनीहरू प्रेरित भएको भेउ पाउन सकिन्छ। यी ‘मठाधीशहरू’ले संविधानलाई कतिपटक कुल्चे? आफ्नो व्यक्तिगत स्वार्थका खातिर कतिपटक यसमाथि खुँडा चलाएर जरा काट्ने प्रयास गरे? सबै जनताको नजरमा यो कुरा घामजत्तिकै छर्लंग छ।

हिजो राजाको प्रत्यक्ष शासन थियो। त्यो बेला उनले गरेको निरंकुशताको गल्तीको परिणति उनले पनि भोगे, राष्ट्रले पनि भोग्यो। सारा शाह वंशले भोग्यो। २४० वर्षको शाहवंशीय राजाहरूको निरन्तरको शासन सत्ता पनि गुम्यो। उनले भएको राजपाठ छोड्नुपर्‍यो। देशको लागि यो एक दुखान्त परिणति हो। जनमतका अगाडि राजा होस् कि रंक कसैको केही जोड चल्दैन भन्ने कुराको यो प्रमाण पनि हो। यही प्रमाण साक्षीका रूपमा रहँदा रहँदै पनि ‘नेताहरू’ हदैसम्मको लुटतन्त्रमा लिप्त रहनु र जनजीविकाको सवालमा एक रत्ति पनि काम नगर्नुले उनीहरूको परिणति पनि सेख हसिना वा असदको नहोला भन्न सकिन्न।

वास्तवमा राजा समर्थित जुलुसको सन्देश पनि यही हो। राजालाई निषेध गर्नु र त्यसयता हरेक नेताले राजालाई लल्कार्नुले यिनीहरूको मजबुत भनिएको गणतन्त्रको जग कतै तासैतासले बनेको त थिएन? भन्ने शंका र कौतुहल यद्यपि जनमानसमा छ। यो जुलुसले कम्तीमा पनि गणिका बस्तीमा सात रेक्टर स्केलको भूकम्प आएको भने पक्का हो। कुन रूपमा राजा आउँछन् त्यसको निर्क्यौल हुँदै गर्ला।

सम्भवतःः राजा त्यो पूर्व कर्तुतबाट टाढै रहन चाहन्छन् र त्यसलाई बिर्सन चाहन्छन्। विगतमा राजाले आफ्नै बुद्धिमा बिर्को लगाए, देश र जनतामाथि घात गरे, वर्वाद बनाए। जनतामा व्याप्त आशालाई थप निराशाजनक बनाए र यी गणिकाहरू जनताको साथ पाएर जागेका हुन्। आमसर्वसाधारण र नेताले दाजुको वंश विनाशको जुन अपुष्ट आरोप लगाइरहे, त्यो आरोपलाई जन मुक्त बनाउन सक्ने समय थियो तर त्यो समयको सदुपयोग गर्न उनले सकेनन् र शायद, आफ्नै प्रारब्ध कर्म सम्झेर नागार्जुनतिर बास बस्न पुगे।

जहाँसम्म अस्तिको जुलुसको कुरा छ, त्यो जुलुसमा सहभागी मानिस पनि कसैका स्थायी शुभेच्छुक वा समर्थक होइनन्। यिनीहरू हिजो तिमीहरूकै समर्थक थिए, आज राजाका भएका छन् र भोलि फेरि अरु कसैका हुन सक्छन्। उनीहरू तिमीहरूजस्ता पतीत होइनन्, गुण र दोषका आधारमा उनीहरूले निर्णय गर्न सक्छन्।

यो देश उनकै पुर्खाले आर्जेको भूमि हो। उनलाई पनि हामीले सम्मान गर्न सक्नुपर्छ। स्थान दिनुपर्छ। राष्ट्रपतिको स्थानमा राजालाई साँस्कृतिक राजाका रूपमा राख्न केको आपत्ति भयो र? मेरो गोरुको बारै टक्का भन्ने हो भने पाँच गाउँ मात्र मागेका पाण्डवलाई अहंकारी दुर्योधनले सियोको टुप्पो जति जमिन नदिँदा भोगेको नियति ‘छोटे राजाहरू’ले पनि भोग्नुपर्ला। समय छँदै सोचेविचारेको सुन्दर हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?