वीरगञ्ज – होलीको दिन बाख्राको मासुलाई खसी भनेर बेच्ने तीन जना पक्राउ परेका छन्। जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–४ घर भई वडा नम्बर–२ सिमरा चोकमा मासु पसल गरी बस्ने शेख ओहानलाई १३ केजी।बाख्रा र खसीको मासुसहित प्रहरीले पक्राउ गरेको हो।
यस्तै वडा नम्बर–७ मा रहेको प्रबेश फ्रेस हाउसका संचालक रफिक देवान र मुस्कान फ्रेस हाउसका संचालक अहमुल्ला देवानलाई पनि प्रहरीले पक्राउ गरेको हो। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले गरेको बजार अनुगमनको क्रममा खसीको मासुमा बाख्राको मासु मिसाएर बिक्री गरिरहेको अवस्थामा तिनैजनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी विजय राज पण्डितले जानकारी दिए।
पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय सिमरामा राखी थप अनुसन्धान भइरहेको उनले बताए।यस्तै होलिको दिन सवारी नियम उल्लङ्घन गरी चलाएका ८२ वटा सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको तथा बादबिबाद गर्ने ६ जनालाई सम्झाइ बुझाइ छाडिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































