कर्णालीको पानी ५० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ

कर्णालीको पानी ५० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ
+
-

हुम्ला – हिल्सादेखि कवाडीसम्म हुम्ला जिल्लामा बग्दै आएको कर्णाली नदीको पानीलाई सदुपयोग गर्ने योजना अन्तिम चरणमा पुगेको छ। खेतीयोग्य जमिनमा सिँचाइका लागि कर्णाली नदीको पानी लिफ्ट प्रणालीबाट तानेर ट्यांकीमा खसाल्ने कार्य सफल भएपछि यसको काम पनि अन्तिम चरणमा पुगेको हो।

जसमा सोलारको पावर प्रयोग गरेर मेसिनबाट कर्णाली नदीको पानी तानेर ट्यांकीमा खसाल्ने कार्य परीक्षण गर्दा सफल भएको हो। तल कर्णाली नदी सदावहार बग्ने तर माथि सर्केगार्ड गाउँपालिका– १ र अदानचुली गाउँपालिका– २ को सिमानामा पर्ने तुम्चको खेतीयोग्य जमिनमा लगाएका बाली खडेरीले सुक्ने पीडा उक्त गाउँका किसानका लागि सधैँ रहन्थ्यो। त्यही भएर सर्केगार्डतर्फको तुम्च गाउँकी किसान पानसरा मल्लले अब कर्णालीको पानीबाट सिँचाइ गर्ने दिन नजिकिएको बताइन्।

किनकि सोलार जडान गरेर कर्णाली नदीबाट लिफ्ट प्रणालीमार्फत पानी तानेर ट्यांकीमा खसालेको देखेपछि अब खेतीयोग्य जमिनमा सिँचाइ हुने कुरा किसानमा विश्वास लागेको होे। कर्णाली नदी बग्ने तर त्यसको हुम्लाको तराई भनेर चिनिने तुम्तको खेतीयोग्य फाँटमा सिँचाइ गर्न नसकिएको पीडा धेरै भोगेका थिए। अव सदावहार सिँचाइ गर्न पाउने आशा पलाएको र सो जग्गामा सदावहार खेती गर्न सकिने र उत्पादन पनि बृद्धि हुने स्थानीयको विश्वास छ। उक्त क्षेत्र हुम्ला जिल्लाको तराईका रुपमा हेरिन्छ। जहाँ केराखेती हुने गर्छ। यो योजना सफल रुपमा कार्यान्वयनमा आए तुम्चवासीको लागि मात्र नभएर हुम्ला जिल्लाकै लागि गर्वको योजना हुने देखिएको छ।

पहिलो पटक लिफ्ट प्रणालीबाट तुम्चमा कर्णाली नदीको पानी तानेर पाँच सय मिटर माथि निर्माण गरिएको ट्यांकीमा खसाल्ने कार्य सफल भएको खानेपानी सिँचाइ तथा उर्जा बिकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए। यसका लागि २०७९ सालको असारमा निर्माण कम्पनी र कार्यालयबिच सम्झौता भएको थियो। त्यसयता निर्माण कार्य निरन्तर भइरहेको र केही दिन अगाडीबाट निर्माण भएको लिफ्ट प्रणालीबाट पानी तानेर ट्यांकीमा खसाल्ने कार्य सफल भएको होे। पानी ट्यांकीमा जम्मा गर्ने र त्यही पानी खेतीयोग्य पचास हेक्टर जनिममा सिँचाइका लागि बितरण गरिने छ।

अब ट्यांकीबाट खेतीयोग्य जग्गामा सिँचाइ नहर निर्माण गर्ने कार्य भइरहेको र आगामी असारसम्म सिँचाइ सञ्चालनमा आउने भएको छ। यसबाट तुम्च गाउँका २५० घरधुरी प्रत्यक्ष रुपमा लावान्भित हुनेछन्। यो लिफ्ट प्रणालीका लागि कार्यालयले तीन करोड ७७ लाख रुपियाँ बजेट खर्च गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। हुम्ला जिल्लाको कवाडीबाट हिल्सासम्म १८५ किलो मिटर क्षेत्रमा कर्णाली नदी बग्ने गरेको भए पनि पहिलो पटक उक्त नदीबाट स्थानीय उपभोग गर्न लागेका हुन्। उक्त कामलाई तीव्रता दिने गरी निर्माण कम्पनीलाई कार्यालयले ताकेतासमेत गर्दै आएको छ।

कर्णााली नदीबाट यसअघि अदानचुली गाउँपालिकाको मकैबाट मौसमी रुपमा हिउदे यामको लागि सिँचाइ कुलो पटक पटक निर्माण गरिएको भएपनि त्यो दिगो हुन सकेको थिएन। त्यसका लागि बर्सेनि लगानी गर्नु आवश्यक देखिन्थ्यो। यता, खार्पुनाथ गाउँपालिका– ४ को छिप्रामा पनि मेसिनबाट नदीको पानी तानेर सिँचाइ गर्ने कार्यका लागि भएको प्रयास पनि दिगो हुन सकेन। सो कार्य मेसिनबाट नदीको पानी तान्ने कार्य भने सफल भएको थियो। त्यसलाई दिर्घकालीन प्रयोगमा भने आउन सकेको देखिएन। त्यसैले यो योजना नदीबाट पानी तानेर टयाङ्कीमा खसाल्ने कार्य सफल भए पनि यसलाई दिगोपना कसरी दिने भन्नेतर्फ सरोकारवाला पक्षले सोच्न आवश्यक छ। यसले गर्दा तुम्चका किसान व्यावसायिक खेतीमा लाग्न पनि सहज हुनेछ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?