
काठमाडौं- पाकिस्तानी गजलकार गुलाम अलीले शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा प्रस्तुति दिएका छन्।
११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनले पहिलो पटक नेपालमा प्रस्तुति दिएका हुन्। अली गजल गायनको क्षेत्रमा प्रसिद्ध मानिन्छन्।
उनले नेपाली राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्बिर’ पनि गाएका थिए।
नेपालमा प्रस्तुति दिन रुचाएका अली चैत १ गते काठमाडौं आइपुगेका थिए।
थप तस्बिरहरू: