मुगुम कार्मारोङ गाउँपालिकामा एसईई परीक्षा केन्द्र स्थापना

मुगुम कार्मारोङ गाउँपालिकामा एसईई परीक्षा केन्द्र स्थापना
+
-

मुगु – मुगुम कार्मारोङ्ग गाउँपालिकामा पहिलो पटक एसईई (माध्यमिक शिक्षा परीक्षा) केन्द्र स्थापना गरिएको छ। यसअघि त्यहाँका विद्यार्थी दुई दिन हिँडेर जिल्ला सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता थियो। तर, यस वर्षदेखि नेपाल राष्ट्रिय आवासीय माध्यमिक विद्यालय, पुलुमा परीक्षा केन्द्र तोकिएपछि विद्यार्थी हर्षित भएका छन्।

पालिका अध्यक्ष छिरिङक्याम्पने लामाका अनुसार विद्यार्थीको कठिनाइलाई ध्यानमा राख्दै परीक्षा केन्द्र स्थापना गरिएको हो। शिक्षकहरूका अनुसार, आदिवासी जनजातिको बाहुल्यता रहेको कार्मारोङ्गमा परीक्षा केन्द्र स्थापना भएपछि विद्यार्थीहरूमा उत्साह जागेको छ।

यसअघि, पुस्तक तथा अन्य आवश्यक सामग्री बोकेर लामो दूरी पार गर्नुपर्ने भएकाले कतिपय विद्यार्थीले पढाइ नै छोड्नुपरेको थियो। अब भने परीक्षा आफ्नै पालिकामा दिन पाउने भएपछि उनीहरूको शिक्षाप्रति रुचि बढ्ने विश्वास गरिएको छ।

यस वर्ष मुगु जिल्लाबाट ९४६ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई, मुगुका निमित्त प्रमुख खड्कराज भियालले जानकारी दिए। परीक्षा चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने बताईएको छ।

जिल्लाभर चार वटा स्थानीय तहका आठ वटा माध्यमिक विद्यालयहरूलाई परीक्षा केन्द्र तोकिएको छ । जस अन्तरगत सोरू गाउँपालिका परीक्षा केन्द्रहरू स्भवानी मावि (पुरुमुरु), विजय मावि (कालै) खत्याड गाउँपालिकाः कालिका मावि (बुगा), लोकप्रिय मावि (गम्था), महादेव मष्टा मावि (रातापानी) यसैगरी छायाँनाथ रारा नगरपालिकास् महाकाली नमुना मावि (गमगढी), कर्णाली मावि (टोप्ला) र मुगुम कार्माारोङ् गाउँपालिका स् नेपाल राष्ट्रिय आवासीय मावि (पुलु) छन् । सोरु गाउँपालिकाबाट १९९, खत्याडबाट ४०८, छायाँनाथ रारा नगरपालिकाबाट २५९, र मुगुम कार्मारोङ्गबाट ८० जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?