एसईईका लागि २०७ जना जनशक्ति परिचालन

एसईईका लागि २०७ जना जनशक्ति परिचालन
+
-

हुम्ला – यस पटकको एसईईका लागि २०७ जना जनशक्ति परिचालन हुने भएको छ। सात वटा परीक्षा केन्द्रका लागि यी जनशक्ति परिचालन हुने भएका हुन्।

हुम्ला जिल्लामा सात वटा परीक्षा केन्द्र छन्। यसअघि ६ वटा परीक्षा केन्द्र रहदै आएकोमा यस वर्षका खार्पुनाथ गाउँपालिकाको सीता माविमा पनि परीक्षा केन्द्र निर्धारण भएको छ। अब परीक्षाका लागि सात जना केन्द्राध्यक्ष, सात जना सहायक केन्द्राध्यक्ष, ५५ जना निरीक्षक, ११ जना सहकाय र २२ जना कार्यालय सहयोग खटिएका छन्।

त्यसैगरी, एउटा परीक्षा केन्द्रका १५ जना सुरक्षाकर्मी परि परिचालन गरिनेछ। टाढाका परीक्षा केन्द्रका लागि प्रश्ना पत्र, उत्तर पुस्तिका प्रवेश पत्र सबै पुगिसकेका छन्। सदरमुकाम सिमकोटका लागि भने पाँच गतेसम्म उत्तरपुस्तिका र प्रबेश पत्र पुग्नेछन्।

यस वर्ष हुम्ला जिल्लाबाट एक हजार १०४ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाउने भएका छन्। यो सङ्ख्या नियमित र ग्रेड बृद्धि गरी हो। यसमा नियमिततर्फ ९५० जना र ग्रेड बृद्धितर्फ १५४ जनाले परिक्षामा सहभागिता जनाउँदै छन्। जबकि गत वर्षको एसईईमा एक हजार १८८ जना परीक्षार्थीले एसईईमा सहभागिता जनाएका थिए।

त्यो भन्दा अघिल्लो वर्ष हुम्ला जिल्लाबाट एक हजार १९६ जना परीक्षार्थीले एसईईमा सहभागिता जनाएका थिए। यसरी एसईईमा परीक्षार्थीको सङ्ख्या घट्नुको मुख्य कारण जिल्ला छोडेर अध्ययनका लागि सहरका विद्यालयमा जानु रहेको र केही विद्यार्थीले कक्षा नौ र दशमा पढाई छोड्नु रहेको शिक्षा बिकास तथा समन्वय एकाई प्रमुख योगेश आलेमगरले बताए।

एकाईले उपलब्ध गराएको परीक्षार्थी बिबरणअनुसार यस वर्षको एसईई दिनेमा साधारणतर्फ कुल ८६१ जना परीक्षार्थी छन् भने प्राविधिक धारतर्फ ८९ जना परीक्षार्थी छन्।

त्यसैगरी ग्रेड बृद्धितर्फ साधारण र प्राविधिक धार गरी जम्म १५४ परीक्षार्थी छन्। कुल परीक्षार्थीमध्ये छात्राको सङ्ख्या ६२७ रहेको छ भने छात्रको सङ्ख्या ४७७ रहेको छ। परीक्षार्थीमा छात्रभन्दा छात्राको सङ्ख्या १५० ले बढी छ।

परीक्षाको तयारी पूरा

परीक्षाको सवै तयारी पूरा भएको छ। प्रश्नापत्र र उत्तरपुस्तिका समयमै जिल्लामा ढुवानी भएर आइपुगेपछि परीक्षा समन्वय समितिले एसईईको तयारी पूरा गरेको हो। एकाई प्रमुख आलेमगरले यस पटकको एसईईको तयारी पूरा भएको बताए। उनले प्रश्नापत्र, उत्तरपुस्तिका र प्रवेशपत्र जिल्लामा आई पुगेसँगै परीक्षाका अन्य तयारीसमेत गरिएको बताए।

उनले केन्द्राध्यक्ष तथा सहायक केन्द्राध्यक्ष तोक्ने कार्य भइसकेको र टाढाको परिक्षा केन्द्र मदानादेभ र सूर्याेदय मावि परीक्षा केन्द्रका लागि उत्तरपुस्तिका, प्रश्नपत्र र प्रवेश पत्र पठाउने कार्यसमेत भएको प्रमुख आलेमगरले बताए। त्यसअनुसार क्रमशः सबै परीक्षा सामग्री पठाउने कार्य पनि सुरु भइसकेको उनले बताए। परीक्षालाई निष्पक्ष र मर्यादित बनाउन परीक्षा अनुगमन समितिलाई पनि सकृय बनाउने कार्य हुने उनले बताए।

सात वटा परिक्षा केन्द्र निर्धारण

यसवर्षबाट एसईई परिक्षाका लागि सात वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ। यी परिक्षा केन्द्रहरुमा सिमकोट गाउँपालिकाको मानसरोवर मावि केन्द्र र बाल मन्दिर मावि केन्द्र रहेका छन् भने खार्पुनाथ गाउँपालिकाको सीता मावि केन्द्र रहेको छ।

त्यसैगरी, सर्केगार्ड गाउँपालिकामा हिमज्योति मावि सर्केगार्ड केन्द्र र कोट मावि रोडीकोट केन्द्र छन्। त्यसैगरी, अदानचुली गाउँपालिकाको सूर्योदय मावि केन्द्र र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि केन्द्र  छन्। यी परीक्षा केन्द्रमा जिल्लाका २७ वटा माविमा अध्ययनरत परीक्षार्थीले परीक्षा दिन लागेका हुन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?