चार महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रिए प्रादेशिक अस्पताल कलैयाका चिकित्सक

चार महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रिए प्रादेशिक अस्पताल कलैयाका चिकित्सक
+
-

वीरगञ्ज- प्रादेशिक अस्पताल कलैया बारामा छात्रवृति करारमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुले पेन डाउन गरी आन्दोलनमा उत्रेका छन्।

उनीहरूले चार महिनादेखि तलब नपाएको भन्दै शनिबारदेखि पेन डाउन गरी आन्दोलनमा उत्रेका हुन्।

कलैया उपमहानगरपालिका- ६ स्थित प्रादेशिक अस्पतालमा छात्रवृति करारमा कार्यरत १३ जना विशेष चिकित्सक, मेडिकल तथा नर्सिङ अधिकृत र फार्मेसी अधिकृतहरूले होली पर्वमा समेत तलब नपाएको भन्दै पेन डाउन गरेका हुन्।

उनीहरू अहिले अस्पतालको इमर्जेन्सी विभाग अगाडि ब्यानर लगाएर आन्दोलनमा छन्। तलबका लागि पटक-पटक ताकेता गर्दा पनि संघ र प्रदेश सरकारले तलब उपलब्ध नगराएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको अस्पतालमा दुई वर्षको लागि छात्रवृति करारमा खटिएका मेडिकल अधिकृत डाक्टर आलोककुमार यादवले बताए।

चिकित्सकहरुको आन्दोलनका कारण अस्पतालका धेरैजसो सेवाहरू ठप्प भएको डाक्टर यादवले बताए। चार महिनासम्मको तलब समयमा नपाएपछी तलबका लागि बाध्य भएर आन्दोलन गर्नु परेको उनले बताए। समयमा तलब नपाउँदा घर खर्च चलाउन गाह्रो भैइरहेको उनले बताए।

नेपाल सरकारको छात्रवृति करारअन्तर्गत प्रादेशिक अस्पताल कलैयामा डाक्टर रमेश कुशवाहा, डाक्टर रिचा मण्डल, डाक्टर आलोक यादव, डाक्टर सुरज साह, डाक्टर तबरेज आलम, डाक्टर आकाश जैसवाल, डाक्टर अवनिश यादव, डाक्टर राजा जैसवाल, सोनि यादव, बिनिता दास,जया यादव, सृजना कुशवाहा र चन्देश्वर जैसवाल गरी १३ जना कार्यरत चिकित्सकहरूले तलब पाएका छैनन्।

एकैपटक १३ जना चिकित्सकले काम नगर्दा अस्पतालका सेवाहरू र विशेष गरी पोस्टमार्टम सेवा बढी प्रभावित भएको अस्पतालले जनाएको छ।

चार महिनादेखीको बाँकी रहेको चिकित्सकहरुको तलबको लागि प्रदेश सरकारको मन्त्रालयमा कुरा भइरहेको प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट डा.अजयकुमार गुप्ताले बताए।

आफूले आफ्नो तहबाट आन्दोलनरत चिकित्सकहरुसित समस्या समाधानको प्रयास गरेपनि तलब संघ सरकारबाट प्रदेश सरकार र त्यसपछि स्वास्थ मन्त्रालयमा आउने भएकाले मन्त्रालयको पहल कुरेर बसेको उनले बताए।

अहिलेसम्म भएका अन्य चिकित्सकबाट ओभरटाइम काम गराएर भएपनी सेवा दिइरहे पनि लामो समयसम्म भने यसरी चलाउन नसकिने उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?