देशसञ्चार चौतारीमा भाग-८८

बाबुराम भट्टराईले मलाई पछिसम्मै आँखा तरिरहे….

+
-

देशसञ्चार चौतारीको यसपटकको अंकमा निजामती प्रशासनमा सहसचिवको जिम्मेवारीमा छँदा कामु रक्षा सचिवसम्मको भूमिका सम्हालेका देवेन्द्र सिटौला अतिथि छन्। उनले आफू बिक्रम सम्वत् २०४४ सालमा शाखा अधिकृतका रूपमा प्रशासनमा पसेदेखि आफूले निर्वाह गरेका जिम्मेवारीहरू तथा अवकाश भएपछि उनले गरेका आध्यात्मिक साधनाका अनुभवहरू पनि देशसञ्चार चौतारीमा खुलेर बाहिर ल्याएका छन्।

पञ्चायतकालमा निजामती सेवाम प्रवेश गर्दा नै अराष्ट्रिय तत्वको उपाधि पाएका उनलाई जागिर निरन्तर गर्न धौधौ परेको थियो। पञ्चायतकालमा बहुदलीय व्यवस्थाको पक्षमा लाग्नु ठूलो अपराध थियो। तर उनी एक वर्षपछि बल्ल उनी चोखिए।

सामान्य प्रशासन, उद्योग मन्त्रालय, उदयपुर सिमेन्ट कारखाना, कलकत्ता महावाणिज्यदूतावास हुँदै रक्षा मन्त्रालय पुगेका सिटौलाले त्यहाँबाट नै अवकाश पाए। उनले स्वाभाविक अवकाश पाएका नभई सचिवको जिम्मेवारीमा जानबाट रोकिएपछि राजीनामा दिएका थिए।

रक्षा मन्त्रालयजस्तो रूखो मन्त्रालयमा रहँदा पनि उनले धेरैपटक सरकारसँग निहुँ खोजे, कतिपय अवस्थामा सेनासँग पनि जोरी खोजे तर अडान र निष्ठाका कारण। उनले फरक मत राखेकै कारण तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले उनलाई सेना समायोजन समितिबाट निकालिदिएका थिए। पछिसम्मै पनि उनीमाथि तत्कालीन प्रधानमन्त्री भट्टराईको बक्रदृष्टि रहिरह्यो। ‘उहाँले मलाई पछिसम्मै व्यक्तिगत रिस राखिरहनुभयो,’ उनले देशसञ्चार चौतारीका क्रममा भने। सेनामा चारजना तीनतारे जर्नेल बनाउने कुरामा पनि आफ्नो विरोध रहेको उनले देशसञ्चार चौतारीका क्रममा खुलाएका थिए।

रक्षा मन्त्रालयमा रहँदा नौजना सचिव, सात जना मन्त्री तथा प्रधानमन्त्री र तीनजना सेनापतिसँग काम गरेको उनले बताए। त्यस क्रममा आफूले निकै अडान र दृढता देखाएका प्रसंगहरू उनले निकाले, देशसञ्चार चौतारीका क्रममा।

उनले अन्तर्वार्ताका क्रममा आध्यात्मिक प्रश्नहरूको जवाफ पनि दिए। पछिल्लो समयमा आध्यात्मिक साधनामा लागेका सिटौला भोगको जीवनबाट योगको जीवनमा प्रवेश गर्नु आफ्नो जीवनको महत्त्वपूर्ण घटना भएको पनि बताउँछन्।

२०६२/२०६३ सालमा राजा फ्याँक्दा सेनाको तहबाट चूक भएको भन्न पनि हिच्किचाएनन् सिटौलाले। ‘त्यो बेलामा सेना चुकेकै हो,’ उनले भने।

पञ्चायतकालमा व्यवस्थामा त्रुटि भए पनि व्यवसायिकता भने रहेको बताए। त्यो बेला मानिसलाई उनीहरूको क्षमताअनुसारको पोस्टिङ दिने चलन रहेको तर अहिले भने ‘राम्रो मान्छे भन्दा हाम्रो मान्छे’ को चलन बढी रहेको उनले बताए।

अहिलेको छाडातन्त्र र सस्तो लोकतन्त्र पञ्चायतकालमा भने नरहेको तीतो वास्तविकता पनि उनले अन्तर्वार्ताका क्रममा खुलाएका थिए।

पूरा भिडियो:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?