वीरगञ्ज – स्ववियु निर्वाचनअन्तर्गत वीरगञ्जको ठाकुरराम क्याम्पसमा मतदान जारी छ। क्याम्पसका विद्यार्थीहरु मतदान सुरु भएदेखि नै उत्साहका साथ मतदान गरिरहेका छन्।

बिहान १० बजेदेखि क्याम्पस परिसरमा मतदान कार्य चलिरहेको छ। दिउँसोसम्म साढे दुई हजार विद्यार्थीहरुले मत खसालेका छन्। क्याम्पस परिसरमै मतदानको लागि नौ वटा मतदानस्थल निर्माण गरिएको छ।

ठाकुरराम क्याम्पसमा १० हजार ७२९ जना मतदाताहरु रहेका छन्। निर्वाचनमा स्ववियु सभापति पदका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी प्रतिस्पर्धामा होमिएका छन्।







                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































