लामा बस्तीका विद्यार्थीले कक्षा छाड्ने र विद्यालय बन्द हुने क्रम बढ्दै

लामा बस्तीका विद्यार्थीले कक्षा छाड्ने र विद्यालय बन्द हुने क्रम बढ्दै
+
-

हुम्ला – हिमाली लामा (भोटे) जातिका बालबालिकाको औपचारिक तथा अनौपचारिक शिक्षामा एक दमै न्यून पहुँच छ। यसरी शिक्षा क्षेत्रमा पहुँच कम हुनुमा एकातिर यो समुदाय शिक्षा भन्दा पनि ब्यापारमा बढी लाग्नु र अर्को कुरा गुणस्तरीय शिक्षा ब्यवस्था हुन नसक्नु यसको मुख्य कारण हो।

विद्यालय शिक्षा आर्जन गर्न नसकेको कारण यो समुदायको सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारी हुने संख्या पनि ज्यादै न्यून छ। जिल्लाका उत्तरी क्षेत्रमा वसोवास गर्दै आएका लामा समुदायका बस्तीमा सञ्चालनमा आएका अधिका‌ंश विद्यालय एकपछि अर्को बन्द हुने क्रम बढ्दै गएको छ। यसरी विद्यालय बन्द हुने क्रम बढ्नुको मुख्य कारण भने विद्यार्थीले कक्षा छोड्ने क्रम बढेकोले हो।

नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले अभिभावकले गाउँ छाडेको कारण विद्यार्थी पनि विद्यालय छोड्न बाध्य भएको बताए।

उनले लिमीका तीन गाउँमध्ये हल्जी गाउँमा रहेको सुनखानी आधारभुत विद्यालय राम्रैसंग सञ्चालन भई रहेको बताउदै अभिभावकले पनि राम्रो विद्यालय सञ्चालनमा ध्यान दिन जरुरी रहेको बताए। तर उक्त विद्यालयमा गत वर्षको तुलनामा विद्यार्थी संख्या घट्दो क्रममा रहेको छ। उनले धेरै विद्यार्थी विद्यालय छोडेर घर मै बस्न थालेको बताए। सुनखानी आविलाई समुदाय मिलेर अर्धआवासीय बनाउदै आएकोमा यस शैक्षिक सत्रबाट पुर्ण आवासीय बनाइने भएको छ।

नाम्खा गाउँपालिका–६ को तील गाउँका अभिभावक कुन्क्याप तामाङले विद्यालय बन्द भएको स्वीकार गर्दै गाउँका अधिकांश विद्यार्थी बीचमै पढाइ छोड्ने भएको कारण विद्यालय बन्द गरिएको बताए।

विद्यालयमा पठनपाठनसमेत नियमित नहुने भएको कारण कतिपय विद्यार्थीले पढाइसमेत छाड्नुपरेको उनको भनाइ छ। लामा समुदायका विद्यार्थीलाई गुम्वाको टोपेमा पठाउने र जिल्ला बाहिर पनि पठाउने भएको कारण पनि समस्या देखिएको हो।

यसरी विद्यालय बन्द हुनुमा उनले अभिभावक र विद्यार्थीलाई मात्र दोष नलगाएर राज्यले पनि लिनु पर्ने बताए। उनले वर्षमा सामुदायिक विद्यालयका शिक्षक तीन महिना पनि विद्यालयमा नबस्ने भएपछि स्वभाविक रुपमा विद्यार्थीमा पढाइ प्रति बितृष्णा जाग्नु अस्वाभाविक नभएको बताए।

विद्यालय बन्द भएको लिमी कै जाङ गाउँका कुन्चोक लामाले सामुदायिक विद्यालयमा पठनपाठन गुणस्तरीय नभएको कारण पनि विद्यार्थीले पढाइ छोड्ने गरेको बताए। उनले जसरी प्रत्येक गाउँमा विद्यालय खोलिए, त्यसरी नै गुणस्तरीय शिक्षामा पनि जोड दिएको भए अहिले विद्यालय बन्दको समस्या नआउने बताए। अर्को कुरा पढाइको महत्व कम बुझेको कारण पनि यो समस्या आएको हो।

अरनिको प्राविका कक्षा पाँच पछि पढाइ छोडेका पूर्वविद्यार्थी कासाङ लामा घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ छोडेर चीनको ताक्लाकोटमा काम गर्न जानु परेको बताएसँगै किन विद्यार्थीले पढाइ छाड्छन् भन्ने खोज्न टाढा जानु परेन। उनले पढ्ने चाहाना हुँदा हुँदै बाध्यता छोड्नुपरेको र उनको उक्त कदमलाई रोक्ने कुनै निकाय नै देखिएन। अहिले पनि विद्यालयले अनलाईन मार्फत इमिसबाट भर्ने विद्यार्थीको विवरण फरक छ। तर गाउँपालिकाको शिक्षा शाखाले भने प्रत्यक्ष अनुगमनका आधारमा मात्र सेवा–सुविधा विद्यालयलाई निकासा दिने गरेको जनाएको छ।

सरकारबाट उपलब्ध सेवा–सुविधा

विद्यार्थीको विद्यालयमा उपस्थिति बढाउनका लागि नेपाल सरकारले दिवा खाजा कार्यक्रम ल्याएको थियो। सो कार्यक्रमबाट विद्यार्थीले दैनिक बीस रुपैयाँका दरले वर्षमा १८० दिनको उक्त खाजा बापतको रकम विद्यालयलाई उपलब्ध गराउदै आएको छ। तर, बीस रुपैयाँले खाजा खुवाउन नसकिने भन्दै विद्यालयले दामासायी रुपमै नगद बितरण गर्दै आएका छन्।

त्यसैले यो कार्यक्रम पनि विद्यार्थीलाई विद्यालयमा उपस्थिति गराउन खासै प्रभावकारी देखिएको पाइएन। अर्को सरकारले विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति कार्यक्रम हो। छात्रा छात्र छात्रबृति, दलित छात्रबृति र आवासीय छात्रबृति हुन। यसबाट पनि बढीमा वर्षमा विद्यार्थीले एक हजार पाँच सयसम्म मात्र पाउने भएको कारण त्यस्तो उत्साह विद्यार्थीमा पाइँदैन। नाम्खा गाउँपालिकाको महाबौद्ध माविको कक्षा नौ मा अध्ययनरत छात्रा पुजा लामा देशभर एकै प्रकार सेवा–सुविधा उपलब्ध हुनु पनि बिभेद भएको बताइन्। यसमा उनको भनाई भुगोल, दुर्गमता र महङ्गीलाई ध्यानमा राखेर कार्यक्रम ल्याउनु उपयुक्त हुने उनको भनाइ छ।

योे बाहेक प्रदेश सरकारको सामाजिक बिकास कार्यालयले उच्च शिक्षा अध्ययन गर्ने छात्राहरुका लागि छात्रबृतिको कार्यक्रम ल्याएको छ। तर नाम्खा गाउँपालिकाबाट उच्च शिक्षामा अध्ययन गर्ने छात्राको संख्या कम छ। यसवर्ष उक्त कार्यालयले निकालेको सुचनामा नाम्खाबाट कुनै पनि छात्राको आवेदन परेको छैन्। यो बाहेक गाउँपालिकाहरुले भने आफ्नो तर्फबाट सहयोगका कार्यक्रम भने ल्याएको देखिँदैन।

राज्यबाट हालसम्म विद्यार्थीका लागि जाने यी सेवा–सुविधा यिनै हुन। तर भौगालिक बिकटता र महंगीको कारण यी सेवा–सुविधाहरु नम मात्राका देखिन्छन्। यसले विद्यार्थीका पठनपाठनमा खासै सकरात्मक प्रभाव पार्न सक्ने अवस्था पनि छैन। अभिभावकलाई आयआर्जन र छात्राहरुलाई विद्यालयमा आउन अन्य कुनै बिशेष ब्यवस्था पनि गरिएको छैन।

यसका गाउँपालिका, प्रदेश र संघ सरकारले अन्य कुनै काम गरेको पनि देखिँदैन। गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा हाल विद्यालयमा विद्यार्थीको संख्या घटिरहेको स्विकार्छन्। विद्यार्थी विद्यालय छा्ड्ने दर घटाउने कार्यका लागि गाउँपालिकाले तह र कक्षा समायोजन गर्ने नीति लिएको उनले बताए।

विद्यार्थीको अध्ययन गर्न पाउने अधिकारका हिसावले दुई तीन जना विद्यार्थी भए पनि विद्यालय बन्द गर्न नसकिने भएको कारण कक्षा समायोजन गरी नजिकको विद्यालयमा माथिल्लो कक्षा अध्ययन गर्ने बाताबरण बनाउने तयारीमा गाउँपालिका रहेको उनले बताए।

हालसम्म नियमित बाहेक अन्य काम कुनै नगरिएको भएपनि विद्यार्थी रोक्ने अभियान सञ्चालन गर्ने तयारीमा गाउँपालिका रहेको उनले बताए। यारीको दह गाउँका अभिभावक विद्यालय सुचारु गर्न र विद्यार्थीलाई विद्यालयमा पठाउने कार्यमा अभिभावको पनि कमजोरी रहेको बताउँछन्। शिक्षाको महत्व नहुनु, घरको आर्थिक अबस्थाले साथ नदिनु र सरोकारवाला पनि बिकल्प नल्याउन नसकेको कारण पनि लामा समुदायका विद्यार्थी शिक्षाको पहुँच बाहिर छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?