
काठमाडाैँ – लेखक जीवा लामिछानेको नयाँ नियात्रा पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण गरिएकाे छ। राजधानीमा बुधाबार प्रज्ञा प्रतिष्ठानको डबलीमा लेखक तथा पत्रकार र बसन्त बस्नेत र लेखक लामिछानले संयुक्त पुस्तकको लोकार्पण गरेका थिए।
लोकार्पणपछि लेखक लामिछाने र पत्रकार बस्नेतले अन्तरक्रिया गरेका थिए। लामिछानेले किताब लेख्नुको रहस्य खोल्दै उनले भने, ‘मैले १२ दिन अन्टार्कटिका घुम्दाको अनुभव समेटेको छु।’
लामिछानेले १२ दिनसम्म अन्टार्कटिका घुमेका थिए, जहाँ हिउँको संसारबाहेक अरु देखिँदैन। ‘हामी यात्रामा जाने क्रममा त्यहाँ एउटा पेटीमा घरपरिवारलाई सम्झिएर पोष्टकार्ट खसाइदिनुस् भने। त्यो पोष्टकार्ट एक महिना लागेर जर्मन पुगेको थियो । पछि म आफै पुगेर त्यो पोष्टकार्ट रिसिब गरेँ,’ लेखक लामिछानेले आफूले अन्टार्कटिको घुम्दाको एउटा सस्मरण सुनाए।
हिउँको साम्राज्य अन्टार्कटिकाको रहस्यमय यात्रा गरेका लामिछानेले अन्टार्कटिका घुम्ने व्यक्ति र लेखिएका पुस्तकमाथि अध्ययन गर्ने क्रममा पहिलोपटक अन्टार्कटिका पुगेका नेपाली भुवनसिं विश्वकर्मासँग रहेको बताए ।
२० औँ शताब्दीमा अत्यन्तै दोहान गरिएको अन्टार्कटिकालाई अहिले रुस र अमेरिकाजस्ता देशले संरक्षण गरी पर्यटक भित्र्याउन थालेकाे बारे पनि लेखक लामिछानेले बताए।
उनले भने, ‘त्यहाँको प्राणी र प्राकृतिक सुन्दरतालाई नविगार्ने गरी पर्यटन भित्र्याइएको छ। अन्टार्कटिका पानीको ठूलो स्रोत पनि भएको सरोकारवालाहरुले अन्टार्कटिकालाई संरक्षणमा लागेको छन्।’
मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नाकोत्तर जीवा लामिछाने गैरआवसीय नेपाली संघ (एनआरएनए)का संस्थापक सदस्य पनि हुन्। लेखनका साथै व्यवसायिक रुपमा पनि उत्तिकै सक्रिए लामिछानेको यसअघि सर्सर्ती संसार र देश देशावर नियात्रा संग्रह प्रकाशित छन्।