मुगु – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मुगु जिल्लाको ९औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पार्टीको जिल्ला कार्यसमितिमा नयाँ नेतृत्व चयन गरिएको छ।
निर्वाचित अध्यक्ष बलराम साहनीको नेतृत्वमा गठित कार्यसमितिमा उपाध्यक्ष पदमा बिरेन्द्र बहादुर मल्ल र पदम बहादुर मल्ल चयन भएका छन्।
त्यस्तै, सचिवमा युबराज रावल, सहसचिवहरूमा भान बहादुर बुढा र बास्तोला शाही चयन भएका छन्।
नयाँ कार्यसमितिमा ६५ जना सदस्यहरू समेत निर्वाचित भएका छन्।
अधिवेशनले जिल्लामा पार्टीलाई थप सशक्त बनाउन कार्ययोजनासहित नेतृत्वलाई जिम्मेवारी प्रदान गरिएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































