गठबन्धन गर्दा माओवादीलाई घाटा भयोः प्रचण्ड

गठबन्धन गर्दा माओवादीलाई घाटा भयोः प्रचण्ड
+
-

वीरगञ्ज – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  एमाले र कांग्रेससित गठबन्धन गर्दा माओवादीलाई घाटा भएको बताएका छन्।

बाराको कलैयामा बिहीबार पार्टीको तराई–मधेश जागरण अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले  एमाले र कांग्रेससित गठबन्धन गर्दा माओवादीलाई घाटा भएको कुरा गत उपचुनावको नतिजाले पनि देखाएको बताए।

उनले भने, ‘विगतमा माओवादीलाई एमाले र कांग्रेसले अरु पार्टीको बैसाखी बन्ने भाष्य बनाए पनि उपचुनावमा एक्लै लडेर माओवादीले जितेर देखायाे।’

अहिले भएको स्ववियु चुनावमा पनि एमाले र कांग्रेसका विद्यार्थी संगठनको तुलनामा माओवादी विद्यार्थी संगठनले राम्रो परिणाम ल्याउँदै रेकर्ड तोडेको प्रचण्डले दाबी गरे। स्ववियु चुनावको नतिजाले पनि देशले अब माओवादी चाहेको उनको कथन थियो।

निर्माण क्रममा रहेको निजगढ–काठमाडौं द्रुतमार्ग छिटो सम्पन्न गर्न सके बारा जिल्लाबासीको पनि आर्थिक उपार्जनमा वृद्धि हुने भन्दै उनले द्रुत मार्ग चाँडै निर्माण सम्पन्न हुने बिश्वास व्यक्त गरे।

तराई मधेसको विकासका लागि आफू प्रधानमन्त्री भएको बेला भारतीय प्रधानमन्त्रीलाई भनेर हुलाकी राजमार्ग चाँडै बनाउन दबाब दिएको प्रचण्डले बताए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’