
पोखरा – पोखरामा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। गोप्य सूचना पाएको प्रहरीले पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट ३ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।
म्याग्दी घर भई हाल कास्कीको पोखरा महानगरपालिका– ११ रानिपौवा बस्ने २६ वर्षकी एलिना सोतोन्जा पुन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ बस्ने ४१ वर्षीय सार्जन गुरुङ र माछापुच्छ्रे–६ बस्ने ३० वर्षका सुजन गुरुङलाई खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३४० मिलिग्राम, लागूऔषध बुप्रिनर्फिन १४४ एम्पुल, डाइजापाम १४३ एम्पुल, फेनरागन १४२ एम्पुल गरी जम्मा ४२९ एम्पुल बरामद गरिएको छ। उनीहरुको साथबाट ४ थान मोबाइलसमेत बरामद भएको हो।
जिल्ला अदालत कास्कीले लागुऔषधसम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।