वीरगञ्ज – बिहीबारदेखि सुरु भएको एसइई परीक्षा हलभित्र मोबाइल प्रवेश गराएको र चिट पुऱ्याउने कार्य गरेको आरोपमा रौतहटबाट दुई जना पक्राउ परेका छन्।
यमुनामाई गाउँपालिका-५ स्थित यमुनामाई माध्यमिक विद्यालय, झुनखुन्वा परीक्षा केन्द्रका परीक्षा निरीक्षकलाई प्रहरीले रकम लिएर हलमा मोबाइल प्रवेश गराएको आरोपमा पक्राउ गरेको हो।
यस्तै, मौलापुर नगरपालिका-५ मा रहेको लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रको बाहिरबाट चिट पुऱ्याउने कार्य गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
एसइई परीक्षा केन्द्रमा चिट चोर्नको लागि परीक्षार्थीहरुले शरीरमा मोबाइल लुकाएर परीक्षा हलभित्र प्रवेश गरेकोमा चेकजाँचको गर्दा ४ सय २४ वटा मोबाइल बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिए।
परीक्षाको मर्यादा भंग गर्ने कसुरमा पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































