वीरगञ्ज- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन ज्ञान र विज्ञता भएको ब्यक्तिलाई मन्त्री बनाए मात्रै समस्याको निदान हुने बताएका छन्।
माओवादीको हुलाकी राजमार्ग तराई-मधेस जागरण अभियान अन्तर्गत आज पर्सा आइपुगेका उनले वीरगञ्जको डायमण्ड होटेलमा बिहान जनतासँग माओवादी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
देशमा प्रत्यक्ष कार्यकारी रास्ट्रपति हुने र उनले देशका सबैभन्दा विषय विज्ञ राम्रो ज्ञान भएको मान्छेलाई मात्र मन्त्री बनाउँदा सम्बन्धित क्षेत्रको समस्या समाधान हुनसक्ने जानकारी गराए।
‘स्वास्थसम्बन्धि राम्रो अध्ययन ज्ञान र विज्ञता भएको ब्यक्तिलाई मन्त्री बनाउँदा मात्रै त्यो क्षेत्रमा। त्यसैगरी कृषि क्षेत्रमा मन्त्री बनाउँदा वा भौतिक पूर्वाधार सबैमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको हैसियतले उनले विज्ञहरूलाई राखेर पाँच वर्ष काम गर्दा तपाईंहरूले गुज्रिरहेको समस्याबाट आधारभुत रुपले निदान हुन्थ्यो,’उनले भने
अहिले देशमा भ्रष्टाचार संस्थागत भएको पनि प्रचण्डले जिकिर गरेका थिए। आफूहरूले संविधान सभामा दस वर्षपछि संविधानको समीक्षा गर्ने आम सहमति गरेको र त्यो समय पुग्न लागेको उनले खुलासा गरे। के कारणले देशमा आर्थिक विकासले गति लिन नसकेको, दिनप्रतिदिन भ्रष्टाचार किन बढेर गएको , युवाहरू किन विदेश पलायन भएको? भन्ने कुराको खोजी संविधानको समग्र समीक्षामार्फत गर्नुपर्नेमा प्रचण्डले जोड दिए।
संविधान समीक्षाको विषयमा उधोगी ब्यावसायीलाई पनि बिचार गर्न उनले आग्रह गर्दै निर्वाचन प्रणाली पनि भ्रष्टाचारको मुल स्रोत हुन गएको जिकिर गरे। निर्वाचन जित्नको लागि आर्थिक खर्च बढी गर्नुपर्ने भएकाले समान्य मानिसले निर्वाचन लडन सक्ने स्थिति नै देशमा नभएको पनि उनको भनाई थियो।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































