स्वर्गद्वारी गुठी समस्या– दोस्रो चरणको आन्दोलन कस्तो? (भिडियो)

+
-

काठमाडौँ– दाङका १२ मौजा (ठाउँ)का स्वार्गद्वारी गुठीपीडित किसान मोही हक पाउनुपर्ने माग गरेर काठमाडौँको माइतीघरमा धर्ना दिन थालेको ४९ दिनमा भयो। माघ २० गतेदेखि सरकारलाई मोही हकका लागि छिटो कानुन बनाउन माग गर्दै उनीहरूले आन्दोलन थालेका थिए।

आन्दोलन थालेको ४९ दिनसम्म गुठीपीडित किसानहरूले माग पूरा गर्न माग गर्दै सरकारले गठन गरेको वार्ता समितिसँग मात्र तीन पटक छलफल गरिसकेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग तीन पटक, संसदीय सुनाइ समितिमा एक पटक किसानले छलफल गरेका छन्।

तर सरकारले किसानलाई मोही कहसम्बन्धी कानुन बनिसकेको र छिट्टै संसद्‌मा लैजाने भन्दैमा आन्दोलनको ४९ दिन कटाइसकेको छ। ४९ दिनसम्म सरकारले आफूहरूलाई आश्वसन मात्र दिएको र कानुन संसद्‌मा लैजान ढिलाई गरेको भन्दै स्वार्गद्वारी गुठीपीडित किसान संघर्ष समितिले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

शनिबार समितिको बैठक बस्दै दोस्रो चरणको आन्दोलनमा पाँच हजार किसानलाई दाङबाट काठमाडौँमा उतार्ने निर्णय गरेको छ।

हामीले अबको दोस्रो चरणको आन्दोलन कस्तो हुन्छ? ४९ दिनसम्म सरकारबाट पाएको आश्वसन के हुन्? समग्र किसानको समस्या के हो? आदि विषयमा संघर्ष समितिका सह–सचिव प्रविन दहित थारूसँग कुरा गरेका छौँ।

प्रस्तुत छ, उनी सह–सचिव थारूसँग टोपेन्द्र रोका मगरले गरेको संक्षिप्त कुराकानी भिडियोमा–

भिडियो:

 

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’