पत्रकार बस्नेतको ‘मार्क्सवाद र सञ्चार’ पुस्तक विमोचन

पत्रकार बस्नेतको ‘मार्क्सवाद र सञ्चार’ पुस्तक विमोचन
+
-

काठमाडौँ– पत्रकार तथा समालोचक टीका बस्नेतकाे ‘मार्क्सवाद र सञ्चार’ पुस्तककाे विमाेचन गरिएकाे छ।

प्रेस चाैतारी नेपालकाे दशाैँ अधिवेशनका अवसरमा शनिबार नेकपा एमालेका महासचिव शङ्कर पाेखरेलले पुस्तक विमाेचन गरे।

नेपाल संस्कृत विश्वविद्यालयमा अनुसन्धानरत बस्नेतकाे चाैथाे कृति मार्क्सवाद र सञ्चार हाे। बस्नेतका मार्क्सवाद र उत्तरआधुनिकतावाद, क्रोधित मनहरू र मुक्तिका आवाज दर्शन,मुक्तक र गजल सङ्ग्रह प्रकाशित छन्।

नेपाली भाषा-साहित्यमा दुई दर्जनभन्दा बढी अनुसन्धानमूलक आलेख प्रकाशन गरिसकेका बस्नेतले यस कृतिमा सञ्चार र मार्क्सवादको सम्बन्धबारे विशेष चर्चा गरेका छन्।

पुस्तकमा मार्क्सवादी विचारधारा, समाजवादको ढाँचा, द्वन्द्ववाद, वर्गसंघर्ष, क्रान्तिका चरणहरू तथा सञ्चार सिद्धान्त विषयलाई समेटिएको छ। पुस्तकमा सूचना प्रविधि युगमा मार्क्सवादी सञ्चार सिद्धान्तको सान्दर्भिकता विश्लेषण गरिएको छ।

पुस्तककाे विमाेचन गर्दै नेकपा एमालेका महासचिव शङ्कर पाेखरेलले पछिल्लाे पुस्ता अध्ययन र लेखनका क्षेत्रमा चासाे नदेखाइरहेकाे अवस्थामा बस्नेतकाे लेखनले युवा पुस्तलाई लेखनमा थप आकर्षित तुल्याउने बताए।

उनले पत्रकारहरु समाचार मात्र नभई दर्शनमासमेत अब्बल छन् भन्ने मार्क्सवाद र सञ्चारका पुस्तकबाट बस्नेतले पुष्टि गरेकाे बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?