अस्पताल बनाएर मात्रै हुँदैन, क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरीः मन्त्री पौडेल

अस्पताल बनाएर मात्रै हुँदैन, क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरीः मन्त्री पौडेल
+
-

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल बनाएर मात्रै नहुने भन्दै उपचार गर्नसक्ने क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताएका छन्।

सोमबार काठमाडौँमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले जनशक्ति रहेको तर अस्पताललाई आवश्यकता पर्ने जनशक्ति उपलब्ध हुन नसकेको बताए।

उपत्यकाबाहिर कतिपय स्वास्थ्य संस्थाहरु शून्यताको स्थिति रहेको उनले बताए। आफ्नो भुगोलमा योगदान गर्छु भनेर उपत्यका बाहिर गएर सेवा गर्ने अठोट गर्न जरुरी रहेको उनले बताए।

जनशक्तिको उन्नयनको पक्षमा अझ बढी फराकिलो क्षेत्र बनाएर नीतिगत व्यवस्था गरेर आउन जरुरी रहेको बताए। आवश्यक तलब दिन नसके पनि निर्वाह हुनेसम्मको तलब सुविधाको व्यवस्था गर्न आवश्यक रहेकोमा उनले जोड दिए।

उनले भने, ‘अस्पताल बनाएर मात्रै पुग्दैन, त्यहाँ उपचार गर्नसक्ने क्षमतावान डाक्टर, नर्स र स्वास्थ्यकर्मीको आवश्यक पर्छ। जनशक्तिको उन्नयनको पक्षमा पनि हामी अझ बढी फराकिलो क्षेत्र बनाएर नीतिगत व्यवस्था गरेर आउन सक्नुपर्छ। त्यो पनि हामीले महशुस गरेका छौँ। राज्यको तहगत निर्धारण निजामतीसरह हुने स्थिति छ। तपाईंलाई विशिष्ट क्षमता भएको जनशक्ति मानिसकेपछि तपाईंको तहगत व्यवस्था पनि त्यहीअनुसार गर्नुपर्छ। यहाँहरुलाई आवश्यक जति तलब दिन नसके पनि निर्वाह हुनेसम्मको तलव सुविधाको व्यवस्था गरिनुपर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?