मुगु – मुगु जिल्लाको खत्याड गाउँपालिका–७ गम्थाका वृद्धवृद्धा एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्दै आएका छन्।
६९ वर्षीय खिम्ता घोडा सैनि, ७० वर्षीया तुली सन्ज्याल, ७७ वर्षीय पूर्णचन्द्र उपाध्याय र ६४ वर्षीया सौरा देवी घोडा सैनि लगायतका वृद्धवृद्धाले राष्ट्रिय परिचयपत्र नहुँदा भत्ता पाउन मुस्किल भएको बताएका हुन्।

परिचयपत्र बनाउन २९३ दिन हिँडेर गमगढी पुग्नुपर्ने बाध्यताले वृद्धवृद्धाहरू समस्यामा परेका छन्। भत्ता नै उनीहरूको दैनिक खर्च र औषधोपचारको प्रमुख स्रोत भए पनि आवश्यक कागजात नहुँदा बिनाभत्तै बस्नुपरेको छ।
स्थानीय सरकारले समस्या समाधानमा चासो नदेखाएको गुनासो गर्दै उनीहरूले सम्बन्धित निकायलाई शीघ्र पहल गर्न आग्रह गरेका छन्।

वडा नं। ५ खमालेका अध्यक्ष चित्रबहादुर बुढाका अनुसार बैंकले भत्ता वितरणका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र मागेपछि समस्या उत्पन्न भएको हो।
यसैबीच, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले वृद्धवृद्धालाई सहजीकरण गर्न गाउँबस्तीमै राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गर्ने योजना रहेको बताएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































