बागलुङमा आठ महिनामा १७९ जना क्षयरोगी भेटिए

बागलुङमा आठ महिनामा १७९ जना क्षयरोगी भेटिए
+
-

ढोरपाटन (बागलुङ)- यहाँ हरेक वर्ष क्षयरोगका सङ्क्रमित बढ्दै गएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदै गएपछि सङ्क्रमितको सङ्ख्या पनि बढेको हो ।

दूरदराजका बस्तीमा क्षयरोगसम्बन्धी जनचेतनाको कमीका कारण सङ्क्रमण बढ्दै गएको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताए। जिल्लाभर चालु आर्थिक वर्षको आठ महिनामा १७९ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए।

घिमिरेका अनुसार अघिल्लो वर्ष मात्रै ३१० जनामा सङ्क्रमण देखिएको थियो । क्षयरोगको ‘स्क्रिनिङ’ र ‘कन्ट्र्याकट्रेसिङ’ गर्न बाँकी रहेकाले क्षयरोगी अझै बढ्ने अनुमान गरिएको उनले उल्लेख गरे।

सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको सरकारले खोजी अभियानलाई पनि तीव्रता दिइरहेको घिमिरेको भनाइ छ । अघिल्लो वर्ष बडिगाड गाउँपालिकामा सबैभन्दा बढी २२७ सङ्क्रमित भेटिएका बताउँदै यस वर्ष बडिगाडमा खोजी गर्न बाँकी रहेको उनले जानकारी दिए।

उनका अनुसार गत वर्ष क्षयरोगका कारण जिल्लाका १० जनाले ज्यान गुमाएका छन् । यस वर्ष सबैभन्दा बढी ढोरपाटनमा ४३ सबैभन्दा कम तमानखोलामा तीन जना सङ्क्रमित भेटिएका जनाउँदै घिमिरेले पछिल्लो समय खोजपड्ताल पनि बढाइएको उल्लेख गरे।

उनले भने, “क्षयरोग समयमा पत्ता लगाएर उपचार गरे निको हुन्छ, जिल्लामा जनचेतनाको अभावले सङ्क्रमण फैलँदो छ, बागलुङमा निको हुने दर ९० दशमलव चार प्रतिशत छ । उपचारसँगै नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ”, निरीक्षक घिमिरेले भने, “हामीले यहाँका नागरिकलाई सचेत गराइरहेका छौँ, सम्भावित सङ्क्रमितमध्ये ६८ प्रतिशत मात्रै भेटिएकाले खोजपड्ताललाई तीव्रता दिएका छौँ । बागलुङमा देशभरको तुलनामा मृत्युदर कम छ ।”

सङ्क्रमण नियन्त्रणका लागि बढी सङ्क्रमित भएको ठाउँबाट खोजपड्ताल अभियानलाई तीव्रता दिइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाले बताए। उनका अनुसार पहिलो चरणमा जिल्लाका गलकोट नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकालाई क्षयरोगमुक्त बनाउने अभियान सञ्चालन गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?