कुलमान र हितेन्द्रको मुद्दामा आइतबार सुनुवाइ

कुलमान र हितेन्द्रको मुद्दामा आइतबार सुनुवाइ
+
-

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार सुुनुवाइ भए पनि कुनै निर्णय भएको छैन। उनको ठाउँमा नियुक्त भएका  हितेन्द्रदेव शाक्यसमेतको मुद्दा अदालतमा परेकाले दुवै मुद्दा सँगै राखेर आइतबार सुनुवाइ गर्ने गरी तय भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा शुक्रबार दुवै मुद्दाको सुनुवाइ राखिएको थियो तर दुवै मुद्दालाई सँगै राखेर आइतबार सुनुवाइ गर्ने फैसला न्यायाधीश मुसलमानले गरेका थिए।

शुक्रवारको पहिलो बहसपछि न्यायाधीश मुसलमानले सरकारको विचार पनि सुन्नुपर्ने भन्दै दुवै मुद्दालाई एकसाथ राखेर आइतबार सुनुवाइ गर्नुपर्ने निर्देश जारी गरेका हुन्। घिसिङको पेशी दोस्रो नम्बरमा र हितेन्द्र शाक्यको पेशी पाँचौं नम्बरमा तय भएको थियो।

दुवै मुद्दाको विषय समान रहेको कारण इजलासले तिनीहरूलाई एकै समयमा राखेर सुनुवाइ गर्ने आदेश दिएको हो। हितेन्द्र शाक्यलाई काम नगर्नू नगराउनू भनी अन्तरिम आदेश दिन पनि कुलमानको रिटमा माग गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?