
काठमाडौँ – काठमाडौँको तीनकुने क्षेत्र राजसंस्था पक्षधरको प्रदर्शनका कारण तनावग्रस्त बनिरहँदा भृकुटीमण्डलमा समाजवादी मोर्चाको सभा सुरू भएको छ।
राजसंस्था पक्षधरहरूको प्रदर्शनलाई काउण्टर दिन उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन्।
समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्मिलित छन्।
उनीहरूले प्रदर्शनीमार्गमा सडकमै मञ्च बनाएर सभा गरिरहेका छन्। सभाअघि विभिन्न स्थानबाट र्यालीसहित उनीहरू सभास्थल पुगेका थिए।