काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार तीनकुनेमा सरकारकै संलग्नतामा हिंसा भड्किएको ठहर गरेको छ।
पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुनेमा हिंसा भड्काउन सरकार नै उद्दत देखिएको बताएका हुन्।
उनले भने, ‘हिजो जुन हिंसात्मक घटना भयो, त्यसमा सरकारको संलग्नता, सरकार नै हिंसा भड्काउन उद्दत रहेको भन्ने राप्रपाको निष्कर्ष र ठहर छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो दिन प्रतिकार गर्न कार्यकर्तालाई आह्वान गरेको भन्दै त्यसबाट पनि प्रधानमन्त्री नै हिंसा भड्काउने पक्षमा रहेको भन्ने पुष्टि हुने उनको भनाइ छ।
शान्तिपूर्ण रुपमा सभा चलिरहेको मञ्चमा सुनियोजित रुपम घरमाथिबाट अश्रुग्यास प्रहार भएको उनले बताए।
‘प्रधानमन्त्रीले अघिल्लो दिन प्रतिकार गर्न आह्वान गर्नुभो। उहाँ चाहिँ त्यहाँ हिंसा भड्काउने पक्षमा हुनुहुन्छ भन्ने यसबाट पनि प्रष्ट हुन्छ,’ उनले भने,’शान्तिपूर्ण रुपमा सभा चलिरहेको मञ्चमा सुनियोजित रुपमा घरबाट पहिले नै सुरक्षाकर्मीहरु त्यहाँ बसेर टियर ग्यास फ्याँकिएको छ। त्यसबाट पनि सरकार त्यो बिथोल्न चाहन्थ्यो, प्रदर्शनलाई भड्काउन चाहन्थ्यो भन्ने देखिन्छ।’
घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपाले निष्कर्ष निकालेको छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































