
लेखक तीर्थ गुरुङको नयाँ आख्यान ुहिउँको गीतु सार्वजनिक भएको छ। काठमाडौं कमलादीको प्रज्ञा डबलीमा पुस्तक सार्वजनिक गरिएको हो।
साढे ७०० वर्ष पुरानो कालखण्डको तमु गुरुङहरूको साझा राज्यबारेमा पुस्तकबारे आख्यानकार सुविन भट्टराई, कवि भूपीन, वीणा थिङ तामाङ र समाजशास्त्री गणेश गुरुङले चर्चा गरेको थिए।
कवि, लेखक भूपीनले आफूहरू कलेजमेट भएको भन्दै तीर्थ गुरुङ अध्ययनशील भएको बताए। बजारमा चर्चा नभएको, तर तीर्थ गुरुङले लेखेको एक अङ्ग्रेजीमा सामान्य ज्ञानको पुस्तक आएको उनले बताए। राम्रो अध्ययन गरेरै राम्रो पुस्तक आएको उनको भनाइ छ।
आख्यानकार सुविन भट्टराईले आफूलाई सवा ४०० पेजको किताब सक्न तीन दिन लागे तापति यो किताब पढ्न एक हप्ता लागेको भन्दै किताबमा चुम्बकीय भाषा भएको बताए । किताब ठूलो क्यानभासमा लेखिएको उनको भनाइ छ।
आख्यानकार, अनुवादक तथा समीक्षकको परिचय बनाएका गुरुङको यो दोस्रो आख्यान हो । यस अगाडि उनले ुपाठशालाु नामक आख्यान ल्याएका थिए।