अमेरिकाले फर्काइदियो, भुटानले भारत ल्याएर छोड्यो, यी नागरिक अब कुन देशका?

अमेरिकाले फर्काइदियो, भुटानले भारत ल्याएर छोड्यो, यी नागरिक अब कुन देशका?
+
-

झापा- अमेरिकाबाट भुटान डिपोर्ट गरिएका, भुटानले भारत ल्याएर छोडेर स्थलमार्ग हुँदै नेपाल आएर बेल्डाँगी शिविरमा लुकेर बसेका तीन जना भुटानी शरणार्थीका विषयमा के गर्ने भन्ने विषय अन्योल देखिएको छ।

झापाको बेल्डाँगी शिविरबाट अमेरिका पुनर्वासमा गएका ती भुटानी शरणार्थीलाई अमेरिकाले भुटान डिपोर्ट गरेको थियो। भुटानले भारत पठाइदिएपछि अध्यागमन कार्यालयको सम्पर्कमा नआइ उनीहरू सोझै बेल्डाँगी शिविर गएर बसिरहेका थिए।

प्रहरीले उनीहरूलाई शिविरबाटै शनिबार पक्राउ गरेर अध्यागमन कार्यालय काँकरभिट्टामा बुझाएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। उनले भने, ‘अध्यागमन कार्यालयले विभागको निर्देशन पर्खेर बसेको छ। साँझसम्ममा केही निर्णय आउला।’

पक्राउ परेका ती मानिस अब कुन देशका नागरिक भन्ने अन्योल भएको प्रमुख जिल्ला अधिकारीले बताए। शरणार्थीको दर्जामा रहेका उनीहरू अमेरिका पुनर्वास भएपछि शरणार्थी पनि नरहेका र अमेरिकाले पनि भुटान फिर्ता गर्ने अनि भुटानले पनि भारत ल्याएर छोडिदिएका कारण कुन देशका नागरिक भन्ने अन्योल रहेको अधिकारीले बताए।

अमेरिका र भुटानबाट लखेटिएका तीन जना पानीट्यांकी हुँदै शुक्रवार दमक नगरपालिका वडा न.३ बेलडाँगी शिविर पुगेका थिए। ती पूर्व शरणार्थीहरूलाई नेपालबाट फर्काउन समस्या भएको छ। भुटानले आफ्नो देशमा बस्न नदिएको ती पूर्व शरणार्थीहरुलाई कहाँ लगेर छोड्ने भन्ने समस्या भएको हो।

भारतकै बाटो भएर नेपाल छिरेका ती पूर्व शरणार्थीहरुलाई भारततिरै फर्काउने कि के गर्ने भनेर अध्यागमन विभागसंग छलफल भइरहेको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ।

यसअघि सन् १९९० मा भुटान सरकारले आफ्ना नागरिकलाई देश निकाला गर्दा भारतमा ल्याएर छोडेको थियो भने भारतले नेपालतिर पठाइदिएको थियो। तिनीहरूलाई भारतको बाटो हुँदै भुटान फर्काउन खोज्दा भारतीय सरकारले अवरोध गरेको थियो।

दमक नगरपालिका वडा न.३ बेलडाँगी शिबिर आएका बर्ष ३६ का आशिष सुवेदी, बर्ष ३१ का सन्तोष दर्जी र बर्ष ३६ का रोशन तामाङलाई प्रहरीले अध्यागमन कार्यालयको जिम्मा लगाएको हो। अमेरिकाले अझै केही भुटानीलाई डिपोर्ट गर्नसक्ने बताइएको छ।

डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति निर्वाचित भएपछि उनले आप्रवासीहरूमाथि कडा नीति लिएका छन्। विभिन्न देशबाट आएका आप्रवासीलाई लगातार डिपोर्ट गरिरहेका छन्। केही नेपालीहरू पनि डिपोर्ट भएर आइसकेका छन्।

ट्रम्प सरकारले ती १० जना शरणार्थीलाई उनीहरूको वास्तविक मुलुक भुटान नै फिर्ता पठाएको भए पनि त्यहाँको सरकारले अपनाउन नमान्दा अप्ठ्यारो भएको सरकारी अधिकारीहरू बताउँछन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?