गर्भको बच्चासहित श्रीमती हत्या गर्ने श्रीमान पक्राउ, बीच सडकमा गाडेका थिए शव

गर्भको बच्चासहित श्रीमती हत्या गर्ने श्रीमान पक्राउ, बीच सडकमा गाडेका थिए शव
+
-

झापा- गत जेठमा भागी विवाह, असारमा गर्भधारण अनि चैत १ गते ९ महिनाको गर्भ बोकेकी श्रीमतीलाई गर्भको बच्चासहित नै हत्या गरेर शव गायब।

यो घटना इलामको फाकफोकथुको हो। फाकफोकथुम गाउँपालिका वडा नं ३ सल्लेरी बस्ने २५ वर्षीय उमेश गिरीले १९ वर्षीया श्रीमती बिमला कट्टेललाई त्यसरी गर्भको बच्चासहित नै हत्या गरेर गाडिदिएका प्रहरीले जनाएको छ।

गर्भवती विमलाको हत्या गरेको आरोप लागेका उमेशलाई जिल्ला प्रहरी कार्यालय इलामले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। विमला हराएको निवेदन चैत १ गते आमचोक प्रहरीमा परेपछि प्रहरीले विशेष टोली बनाएर उनको खोजतलास थालेको थियो।

दुई सातापछि चैत १५ गते बिहानको राति १ बजे प्रहरीले घरभन्दा करिब दुई घण्टाको पैदल दूरीमा रहेको फाकफोकथुम गाउँपालिका २ को धार्नेखोपस्थित दाहाल गोलाईमा कच्ची बाटोको बीचमा विमलाको शव माटोमुनि गाडिएको अबस्थामा फेला पारेको थियो।

विमला हराएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले उमेशलाई केही दिनअघि नै नियन्त्रणमा लिइसकेको थियो। विमलालाई हत्या गरेर आफूले शव बीच सडकमा गाडिदिएको उमेशले नै ठाउँ देखाएपछि घटनाको रहस्य खुलेको प्रहरीले जनाएको छ।

उमेशले चैत १ गते विमलालाई हत्या गरेर गाडेका थिए भने प्रहरीले १५ दिनपछि गाडेको ठाउँबाट कुहिन लागेको बिमलाको शव खनेर निकालेको थियो। गर्भवती विमलाको शवको अबस्था हेर्दा अत्यन्त दर्दनाक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक संजीव बोगटीले बताए। उनले विमलाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी दिए।

विमलाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक रमेश राईको नेतृत्वमा विशेष समूह गठन गरी घटना अनुसन्धान गरिरहेको छ। प्रहरीको अहिलेसम्मको अनुसन्धान अनुसार उमेश विवाहेत्तर सम्बन्धमा रहेको र त्यसैकारण श्रीमतीको हत्या गरेको हुनसक्ने देखिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक एकनारायण कोइरालाले हत्या घटना हुन अघि पनि घरमा श्रीमान–श्रीमतीको सामान्य झैझगडा हुने गरे पनि हत्याको धम्की दिने गरेको नखुलेको बताए।

‘उमेशले फागुन २९ गते साँझ विमलालाई घुम्न जाऔं भनी घरबाट लगेको देखिन्छ,’ कोइरालाले भने, ‘उमेशको बयान अनुसार जहाँ उनलाई खाडल खनेर पुरिएको छ, त्यहाँ पुगेपछि उमेशले विमलालाई एक मुक्का हान्छन्, श्रीमती सडकमै ढलेपछि घाँटी थिचेर हत्या गरेपछि खाडल खनेर गाडेको देखिन्छ।’

पक्राउ परेका उमेश एक्स्काभेटर चालक हुन्। घटनामा उमेशबाहेक अरूको संलग्नता अहिलेसम्म नखुलेको प्रहरीको भनाइ छ। पक्राउ परेका उमेशलाई अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?