अन्तर्मुखी स्वभावका कवि,लेखक तीर्थ गुरुङ ‘खासै बोल्न जान्दिनँ’ भन्दाभन्दै कुराकानी गरिदिन्छन्। कवि लेखक वृत्तमा राम्रै गफिन्छन्। र यसपाली नयाँ उपन्यास ‘हिउँको गीत’का लागि देश सञ्चार चौतारीमा गफिए।
तीर्थ सानैदेखि कम बोल्थे। स्वभावैले कम बोल्ने भएकाले साथीहरू पनि कम थिए । घरबाट बाहिर खासै निस्किँदैनथे। डराउँथे। लज्जाउँथे। गुरुङ भाषा बोल्नेसँग पनि खुल्दैनथे। त्यसैले त पाेखराकाे सिक्लेसमा उनलाई चिन्ने आफ्ना आफन्तले भन्थे— ‘घर कुरूवा।’
‘मैले हलो जोत्न सक्ने हुन्जेलसम्म पनि बाहिर त्यति घुलमिल भएको थिइनँ,’ उनले भने, ‘बुवाको अनुसार म सानोमा कमजोर थिएँ र एकदमै कम बोल्थे । साथै स्कुलमा म ब्याक बेन्चर पनि थिएँ।’
पढाइको सिलसिलामा उनी पोखरा आउन थालेपछि नेपाली भाषा पनि विस्तारै सुधारिदै आयो र साथी सर्कल पनि बढेको बताउँछन् उनी । भन्छन्, ‘हाम्रो सिक्लेसमा कक्षा सात सम्म मात्रै स्कुल थियो। र कक्षा आठ पढ्न म पोखरा आएँ। एक वर्ष पढ्दा नेपाली भाषाको पकड विस्तारै हुन थाल्यो तर साथीसर्कल बनाउन सकेको थिइनँ। पछि कक्षा आठमा म प्रथम भएपछि शिक्षकहरूले चिन्नु भयो। र साथीसर्कल पनि बढ्यो। अनि कोर्स बाहिरका साहित्यिक किताब पढ्न थालेँ।’
‘म्याक्सिम गोर्कीका कृतिहरूसँग हुर्के। पारिजातको शिरीषको फूल, सरुभक्तको पागल बस्ती, ओर्वेलको १९८४, मार्केजको सय वर्षको एकान्तबास, दोस्तोएवस्कीको अपराध र दण्ड, कामुको आउडसाइडर, काफ्काको मेटामर्फोसिस आदि पढेँ। जसले ममा लेख्ने हुटहुटी बढायाे।’
पोखराको पढाइमा उनको संगत आफ्नै अंग्रेजी शिक्षक ज्ञवाली सरसँग भयो, जसले बेला बेलामा काब्य र आख्यानका कुरा गर्थे। बिस्तारै उनको विश्व साहित्यमा रुचि बढ्यो। अनि उनले पढ्न थाले मेक्सिम गोर्की, दोस्तोभस्की, विपी र पारिजात। उनी भन्छन्, ‘म्याक्सिम गोर्कीका कृतिहरूसँग हुर्के। पारिजातको शिरीषको फूल, सरुभक्तको पागल बस्ती, ओर्वेलको १९८४, मार्केजको सय वर्षको एकान्तबास, दोस्तोएवस्कीको अपराध र दण्ड, कामुको आउडसाइडर, काफ्काको मेटामर्फोसिस आदि पढेँ। जसले ममा लेख्ने हुटहुटी बढायाे।’
आदिम गाउँकाे कथा:
‘संरक्षण कविता आन्दोलन’का एक सदस्य समेत रहेका तीर्थ स्थानीय साहित्यिक मण्डलीमा राम्रै पहिचान बनाएका छन्। र आख्यानमा पनि कमाल गरिरहेका छन्। पहिलाे उपन्यास ‘पाठशाला’ र दाेस्राे कथा संग्रह ‘आपा क्हार्प’ पछि ‘हिउँकाे गीत’ ल्याएका छन् जुन एक आदिम गाउँकाे कथा हाे। आख्यानमार्फत् झन्डै सात सय वर्ष पुरानाे इतिहास चिहाउने काेसिस गरेका छन् उनले।
सात वर्ष लगाएर लेखिएकाे उपन्यास हिउँकाे गीतले ‘क्हाेला साेँथर’ गुरुङहरूकाे अन्तिम संयुक्त राज्य रहेकाे र त्यहाँबाट गुरुङहरू तितरबितर भएकाे कथा भन्ने काेसिस गरेकाे छ। उपन्यासले विकसित एउटा सभ्यताकाे कथा, जहाँ हिउँमा बाँचिरहेका मानिसकाे भाेक, कष्ट, प्रेम अनि कुण्ठामार्फत् प्रकृतिकाे लयमा लय मिलाउने काेसिस गर्दाेछ।
गण्डक भेगकाे हिमाली क्षेत्रको चिसो स्याँठ चल्ने सिक्लेसमा जन्मिएका गुरुङले लेखेरै आजकाे यात्रा तय गर्ने कहिल्यै सोचेका थिएनन्। ती दिनताका भाषाले राेकेकाे महसुस गर्थे। ‘हिउँको गीत’मा पनि गुरुङ इतिहाससँगै स्वरैकल्पनाकाे उडान भर्छन्।
आफ्नो लेखनीमा जहिल्यै गुरुङ संस्कृति र मिथकलाई उठान गर्ने लेखक तीर्थ नेपाली भाषामा आख्यान लेख्दै आए तर गुरुङ भाषामाथि लेख्न अहिले पनि डराउँछन्। गुरुङ भाषामा लेख्दा कयौँ शब्दहरू उस्तै उस्तै र उच्चारण पनि उस्तै उस्तै हुने तर बुझाईमा धेरै अन्तर हुने रहेछ। त्यही अन्तरका कारण उनले गुरुङ भाषामा लेख्ने हिम्मत गरेनन्।
डायरी, कथा, कविता पनि लेख्न रुचाउने तीर्थ आफ्नै मातृभाषा, गुरुङ संस्कृति, कला, सभ्यतामाथि कविता राम्रै लेख्छन्। ‘गाउँको स्वास्थ्य चौकी,’ ‘ए लाहुरे,’ ‘आशामार चुरुट,’ जस्तो चोटिला कविता छन् र पनि उनी संग्रहका लागि आफूलाई नयाँ ठान्छन्। भन्छन्, ‘मेरो कविता अझै बलियो छैन।’
पोखरेली लेखक सरुभक्तको पागलबस्ती अझै सम्झिन्छन् उनी। भन्छन्, ‘पागल बस्तीले मलाई केही दिन नभई हप्तौं रन्थन्याएकै हो। वान हन्ड्रेड इयर्स अफ सलिच्युड पढिसकेपछि मलाई केही दिन त खान पनि रूचेको थिएन।’
अहिले गुरुङ भाषा बोल्नेहरू घटे। सहरमा बस्नेले त बोल्नै लाज मान्छन्। अरू त के सिक्लेस र घान्द्रुकका गुरुङहरू भेटिँदा पनि गुरुङ भाषा बोल्दैनन् बरू नेपाली बोल्छन्। त्यसैले नयाँ पुस्ताले गुरुङ भाषा बोल्न पछ्याउँदैनन् कि भन्ने चिन्ता छ।
समय मिलेसम्म खाेज अनुसन्धानमा लाग्ने तीर्थ यात्रामा निस्किरहन्छन् र साेधिरहन्छन् गुरूङ इतिहास,सभ्यता र संस्कृति। भन्छन्, ‘गुरुङ भाषामा लेख्न नसके पनि निरन्तर खोज अनुसन्धान गरिरहेको छु र नेपालीमा त्यसलाई ल्याउने कोसिस गरिरहेको छु।’
देशविदेशमा रहेका नेपालीहरू अहिले गुरुङ भाषा र सभ्यताको संरक्षणमा लागे पनि स्थानीयले नै त्यसको खोजीमा बढी जोड गर्न सके खोज अनुसन्धान सार्थक हुने बताउँछन्। तर तीर्थ पछिल्ला छिमलका नयाँ भाइबहिनीले गुरुङ भाषा बोल्न छोडेको प्रति भने चिन्तित छन्। भन्छन्, ‘अहिले गुरुङ भाषा बोल्नेहरू घटे। सहरमा बस्नेले त बोल्नै लाज मान्छन्। अरू त के सिक्लेस र घान्द्रुकका गुरुङहरू भेटिँदा पनि गुरुङ बोल्दैनन् बरू नेपाली बोल्छन्। त्यसैले नयाँ पुस्ताले गुरुङ भाषा बोल्न पछ्याउँदैनन् कि भन्ने चिन्ता छ।’
पहिलो कुरा त नयाँ पुस्ताका भाइबहिनीलाई देशमै रोक्नु पर्यो। अनि गुरुङ बोल्न तिनले पनि आवश्यक छ र सरकारी कार्यलयमा तिनको उपस्थिति पनि चाहिएला। तब गुरुङ भाषा कामकाजी भाषा बन्न सक्छ। नत्र कागजमा मात्रै सीमित हुने हो।
गुरुङको घाटुहरू नयाँ पुस्तामा सरेको बताउने लेखक गुरुङ रोधी बिस्तारै हराएको बताउँछन्। ‘संस्कृति मासिने क्रम त्यतिखेर हुँदोरहेछ जतिखेर बसाइ सराइ बढ्दा हुँदोरहेछ,’ उनले भने।
गुरुङ भाषालाई गण्डकी प्रदेशले कामकाजी भाषा अर्थात कार्यलयको भाषा बनाउने कोसिसमा छ र गण्डकी प्रदेश सरकार त्यसप्रति सकारात्मक पनि देखिएको छ। तर तीर्थ गुरुङ भाषा कामकाजी मात्रै भएर नहुने बताउँछन्। र गुरुङ भाषा बोल्नेहरू कति हाेलान् भन्ने चिन्ता पनि सुनाउँछन्, ‘गुरुङहरू धेरै भन्दा धेरै लाहुरे जाने र विदेश जाने गर्न थालेपछि बाँकी को रहन्छन्। अनि गुरुङ भाषा बोल्न नजान्नेहरु कार्यालयमा नभएपछि बोलिदिने कसले? मेरो बुढीआमै कार्यलय जाँदा कसले दोहोरो संवाद गरिदिने। पहिलो कुरा त नयाँ पुस्ताका भाइबहिनीलाई देशमै रोक्नु पर्यो। अनि गुरुङ बोल्न तिनले पनि आवश्यक छ र सरकारी कार्यलयमा तिनको उपस्थिति पनि चाहिएला। तब गुरुङ भाषा कामकाजी भाषा बन्न सक्छ। नत्र कागजमा मात्रै सीमित हुने हो।’
गुरुङ जाति सम्पन्न पनि छ। गुरुङ गाउँ समृद्धितिर लम्किएको छ यसको जस उनी लाहुरे प्रथा र हिमाल हेर्न आउने पर्यटकलाई दिन्छन् । भन्छन्, ‘गुरुङ गाउँ अहिले समृद्धितिर लम्किएको देख्न सकिन्छ। कला संस्कृति भाषा भेषभेषाका साथै हिमाली भेगमा भएको गाउँमा धेरै थोक छ र पनि राज्यको सहयोग कमै छ।’
‘मेरो पुस्तासम्मले अहिले पनि गुरुङ भाषा बोल्छन् अब नयाँ पुस्ताले त गाह्रै छ। आफ्नो भाषा बोल्न लाज मानेजस्तो गरेको देखेको छु,’उनले भने।
लाहुरे जीवन :
‘छोरा जन्मिए अंग्रेजी राजालाई…,’ बोलको गीत कुनै बेला गण्डक भेकको गुरुङ मगरको बस्तीमा गुञ्जिन्थ्यो। लाहुरे प्रथालाई पछ्याउने तन्नेरीको ठूलो लहरले गाउँ छोड्थ्यो। पाँच भाइ मध्येमा जेठो छोरो तीर्थलाई पनि लाहुरे नै जाला भनेर भन्थे चिन्नेहरूले। ‘बेलायती लाहुरे नभए पनि भारतीय लाहुरे त होला नि’ भन्थे। तर लाहुरे हुने रहर उनको मनमा कहिल्यै पलाएन। भर्तीका लागि कहिल्यै प्रयास नै गरेनन्। भन्छन्, ‘सानैमा लाहुरेको दुःख नजिकबाट देखेर पनि होला मभित्र लाहुरे हुने रहर पलाएन।’
एउटा भाइ त अहिले भेडी गोठाले छ। सानैदेखि भेडाबाख्रासँग खेल्थ्यो। खासै पढेन पनि। उसलाई पृथ्वी गाेलाे छ भन्ने पनि थाहा छैन। तर ऊ खुसी छ। मेरो भन्दा राम्रो जीवनशैली छ। सायद हामी बढी तुलना गर्छाैँ र खुसी हुन सकेका छैनाैँ।
बाल्यकालमा कक्षा चार पढ्दा उनी आफ्नै आमाका भिनाजु (लाहुरे ठुल्बा)सँग हात समाएर नागाल्याण्ड पुगेका थिए। त्यहाँ पुग्दा देखेका थिए लाहुरेहरूको दुःख। ‘लाहुरे बन्न सजिलो थिएन। लाहुरेमा भर्ती भएपछि तालिमका लागि जाने आमीलाई ठूलो हाकिमले पिट्थ्यो, आधा पेट खान खानुपर्थ्याे। घाम पानी भन्नु हुुँन्थेन। मेरै आँखा अगाडि ती रिक्रुटेहरूले पाएको दुःखको प्रभावले नै हाे लाहुरे हुने मोह भंग भएकाे,’ उनले भने ।
तीर्थ खासमा नागाल्याण्डमा घुम्नसँगै पढ्न पनि पाए। कक्षा पढ्ने तीर्थलाई नागाल्याण्डकाे डिमापुरमा अंग्रेजी मिडियम स्कुलमा युकेजी भर्ना भएका थिए। केही समय त्यहाँ पढे। अंग्रेजीमा बिस्तारै सुधार भयो भने हिन्दी सिनेमा र गीतले पनि हिन्दी भाषा बोल्न सक्ने बनायाे उनलाई। भन्छन्, ‘नागाल्याण्डको बसाइले मलाई हिन्दी र अग्रेजी भाषा सिक्न पाएँ।’
किताबको संगतमा नपरेको भए, रिक्रुटेको संघर्ष नदेखेको भए सायद लाहुरे हुन्थे। तर जीवनमा लाहुरे नभए पनि उनलाई कहिल्यै पछुतो भएन। न त उनका परिवारले गुनासो नै गरे। उनका पाँचै भाइ नै लाहुरे भएनन्। ‘एउटा भाइ त अहिले भेडी गोठाले छ। सानैदेखि भेडाबाख्रासँग खेल्थ्यो। खासै पढेन पनि। उसलाई पृथ्वी गाेलाे छ भन्ने पनि थाहा छैन। तर ऊ खुसी छ। मेरो भन्दा राम्रो जीवनशैली छ। सायद हामी बढी तुलना गर्छाैँ र खुसी हुन सकेका छैनाैँ।’
दुई वर्ष नागाल्यान्डको हावापानी खाएपछि गाउँ नै फर्किएका तीर्थले पढाइमा थप राम्राे गरे। स्कुलका अब्बल विद्यार्थी भए। शिक्षकका प्रिय भए । नेपाली पढाउने गुरु रामचन्द्र पोखरेलले तीर्थलाई नेपाली भाषाको मिठास मात्र चखाएनन्, उनलाई पोखरामा पढाउन सल्लाह र दबाब दिए तीर्थका बुवालाई। पछि आइएसी पढे र शिक्षण पेशामा लागे।
जागिरे जीवन :
तीर्थले पढाइसँगै शिक्षण पेशा रोजे। जीवनमा पढाएर चल्छ जस्तो ठानेर शिक्षण पेशामा लागे पनि उनी हार खाए र बैदेशिक रोजगारीका लागि पलायन भए। कतार पुगे। उनी भन्छन्, ‘सुरुवातीतिर त शिक्षण पेशाले नै सबै पुग्छ जस्तो गरेको थिएँ। तर बिस्तारै महसुस भयो कि आर्थिक अवस्था उकास्नका लागि पनि एकपटक विदेश जानै पर्यो। अनि कतार गएँ।’
नेपालमा छँदा आठ घन्टा काम, आठ घन्टा सुताइ र बँचेको आठ घन्टा लेख्न पनि पाइएला सोचेका थिए तर कतारमा १२ घन्टासम्म काम गर्न परेपछि उनले लेख्न पाएनन्। लेख्दै आएकाे कविता पनि छुट्यो। अन्नपुर्णको चिसो सिरेटो खाएर हुर्किएका तीर्थलाई कतारको गर्मीले उखुमै बनायो। क्रमश बिरामी पर्न थाले। जाँच गरेपछि थाहा पाए— मृगाैला खराब भएको।
क्याम्पसे विद्यार्थीपछि स्कुल मास्टर, होस्टल वार्डेन, होस्टल सञ्चालक हुँदै वैदेशिक रोजगारीसम्मको घुमाउरो बाटो हिँडेका तीर्थकाे जीवनमा आएकाे दु:खले घर टुटेझै जीवन पनि सास पनि टुट्छ कि भन्ने नलागेकाे कहाँ हाेइन र। भन्छन्, ‘ बैदेशिक राेजगारीले धेरैका घरबार टुटेका छन् र धेरै जना मजसतै राेगी हुन पुगेका छन् । त्यसैले कतारको तीस महिनाको बसाइँमा पैसापानी त त्यस्तै हो रोगचाहिँ कमाइयो।’
मृत्युसँग एकबाजी गतिलो गरी जुधेका तीर्थलाई परिवारले राम्रै साथ दिए। आशा र निराशाको दोसाँधमा जीवन अघि बढ्दाबढ्दै उनको मृगौला प्रत्यारोपण भयो। आफ्नै बुवाबाट मिर्गौला पाएपछि उनले नयाँ जीवन पाए। बाले जन्माए, बाले नै पुन जीवनदान दिए। बाले उनको जीवनमा कहिल्यै चुकाउनै नसक्ने गुन लगाए।
मृगाैला नै बिग्रिएपछि उनी साह्रै विचलित भए। जीवन र मृत्युलाई लिएर हरेश खाए। भन्छन्, ‘जब किड्नी बिग्रियो अनि हरेश खाएँ। अब जिन्दगी केही रहेनछ भन्ने लागेकाे थियाे। आशाभन्दा बढी निराश बढेकाे थियाे।’
मृत्युसँग एकबाजी गतिलो गरी जुधेका तीर्थलाई परिवारले भने राम्रै साथ दिए। आशा र निराशाको दोसाँधमा जीवन अघि बढ्दाबढ्दै उनको मृगौला प्रत्यारोपण भयो। आफ्नै बुवाबाट मिर्गौला पाएपछि उनले नयाँ जीवन पाए। बाले नै पुन: जीवनदान दिए। बाले उनको जीवनमा कहिल्यै चुकाउनै नसक्ने गुन लगाए। आफूलाई बोनसको जीवन बाँचिरहेको अदक्ष मान्छे ठान्ने लेखक तीर्थले भन्छन्, ‘बालाई चक्कुले चिर्यो। एउटा जीवन बचाउन अर्को जीवन काटियो। अब पनि किड्नी बिग्रियो भने कसैकाे शरीर चिराउन मन छैन। मेरा लागि कसैकाे किड्नी लिन नपराेस्। चक्कुले कसैलाई दुखाउन नपराेस्।’