भुटानले नेपालीभाषीलाई पुनः देश निकाला गर्न थालेपछि शरणार्थी अगुवाले गुहारे अन्तर्राष्ट्रिय समुदाय

भुटानले नेपालीभाषीलाई पुनः देश निकाला गर्न थालेपछि शरणार्थी अगुवाले गुहारे अन्तर्राष्ट्रिय समुदाय
+
-

झापा – प्रजातन्त्रको घोषणापश्चात् पनि भुटान सरकारले आफ्ना नागरिकहरूलाई बलपूर्वक देश निष्कासन गर्ने र बेपत्ता पार्ने काम अझै गरिरहेको भन्दै भुटानी राजनीतिक दलहरूले दीर्घकालीन समाधानका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

केही दिनअघि अमेरिकामा पुनर्वास भएकामध्ये दश जना भुटानीलाई देश निकाला गरिएको र चार्टर विमानद्वारा पारो विमानस्थल पुर्‍याई भुटान सरकारलाई हस्तान्तरण गरिएको थियो। अमेरिकी अधिकारी फर्किएलगत्तै भुटानले ती शरणार्थीहरूलाई मध्यरातमा सरकारी सवारी साधनमा राखी भारतीय सीमापार गराएको थियो। यसरी सीमापार गराइएकामध्ये आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी नेपालस्थित शरणार्थी शिविरमा पुगेका थिए।

त्यस्तै, गएराति मेचीनगर –४ स्थित मिलनटुङ्ग सीमा नाकामा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ३० वर्षीय अशोक गुरुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको छ। अन्य ६ जना सम्पर्कविहीन बनेका छन्। यसरी भुटानले देश निकाला गर्ने र बेपत्ता बनाउने कार्यले आफूहरु स्तब्ध र चिन्तित भएको राजनीतिक दलका प्रमुखहरूले बताएका छन्।

हाल चारजना अध्यागमन कार्यालय काँकरभिट्टाको नियन्त्रणमा छन्। जबकि अन्य ६ जनाको अवस्था अझैसम्म अज्ञात छ। शरणार्थी नेताहरुले विश्वका सबै संस्थाहरू, अन्तर्राष्ट्रिय समुदाय, एम्नेष्टी इन्टरनेशनल र विशेष गरी भारत र नेपालस्थित अमेरिकी दूतावासलाई उनीहरूको खोजी गर्न र राज्यविहीनता एवं पहिचानविहीनता हुने स्थितिबाट बचाउन अपिल गरेका छन्।

शरणार्थी नेताहरुले पीडितहरूको मानवको रूपमा बाँच्न पाउने न्यूनतम अधिकार सुनिश्चित गर्नका लागि सहयोग गर्न, भुटानी नागरिकहरूलाई पटक–पटक शरणार्थी बन्नबाट बचाउन, शरणार्थी समस्याको दीर्घकालीन तथा पूर्ण समाधानका लागि बहुपक्षीय वार्ताको विकल्प नहुँदा यथाशीघ्र यस सम्बन्धमा नेपाल सरकारको अग्रसरतामा अन्तर्राष्ट्रिय जगतको सकारात्मक पहल गर्न, हालै भुटानबाट गलत तरिकाले निष्कासित गरिएका र तीन दशक अघिदेखि स्वदेश फर्कन लालायित सबै भुटानीहरूलाई आफ्नै देशमा सहज रूपले बस्नसक्ने वातावरण सिर्जना गर्नका लागि दीर्घकालीन समाधानको पहल र समर्थनका लागि जोडदार माग गरेका छन्।

भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौड्याल, ड्रुक नेशनल काँग्रेस–प्रजातान्त्रिक अध्यक्ष रिन्जिन दोर्जी, भूटानी शरणाली प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष तिलक राई, भूटान स्वतन्त्र जनमञ्चका महासचिव डि. वि. सुब्बा र नेशनल रिकन्सिलेशन कमिटी भुटानका संयोजक कृष्णबीर तामाङले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएका हुन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?