चलचित्र ‘महाभोज’को गीत ‘मख्खै परेँ’ सार्वजनिक

चलचित्र ‘महाभोज’को गीत ‘मख्खै परेँ’ सार्वजनिक
+
-

काठमाडौँ – आगामी जेठ १५ गते बिहीबार रिलिज हुने चलचित्र ‘महाभोज’को पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक भएको छ।

कौडा भाकाको यस गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा सङ्गीत रहेको छ भने ससिका राईले स्वरमा साथ दिएकी छन्।

यस भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतले कौडा नृत्य गरिरहेका छन्।

यसका साथै अभिनेता आर्यन सिग्देल र अभिनेत्री सुरक्षा पन्तको आकर्षक उपस्थिति रहेको छ। आर्यनलाई गाउँको सभ्रान्त व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ भने सुरक्षा उनकी पत्नीको भूमिकामा देखिएकी छन्।

भिडियोको अन्त्यमा मलिका र खगेन्द्र छापामारको पोसाकमा देखिन्छन्, जसले चलचित्रको विषय र कथालाई रहस्यमय बनाएको छ। गीतका कोरियोग्राफर मौसम हिमाली हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?