खत्याडबासीको बिजुली बत्ती बाल्ने सपना अझै पूरा भएन

खत्याडबासीको बिजुली बत्ती बाल्ने सपना अझै पूरा भएन
+
-

गमगढी, मुगु –  कर्णाली प्रदेशकै अति विकट मानिने हिमाली जिल्ला मुगुको पश्चिमी खत्याडी क्षेत्रमा बिजुली बत्ती बाल्ने जनताको सपना अझै अधुरै छ। १८ महिनामा सम्पन्न गर्नु पर्ने बिरा बगर जलविद्युत आयोजना स्थापनाको दश वर्ष पूरा हुँदा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन।

खत्याड गाउँपालिकामा हालसम्म विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छैन। ूहामी खत्याडबासीले कहिले बिजुली देख्न पाउनेरु बिरा बगर आयोजना वर्षौँ भइसक्यो, अझै पूरा भएको छैन। हाम्रा सपना अधुरै हुने भए,ू खत्याड(३ रोलका स्थानीय गोकर्ण बहादुर शाहीले गुनासो गरे ।

बिजुली नहुँदा गाउँमा साना तिना उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको शाहीले बताए । बिद्युत अभावका कारण खत्याड भेगमा सञ्चार सेवा समेत प्रभावित छ, कतिपय बस्तीहरू सञ्चार पहुँच बाहिर नै रहेको स्थानीय कबिराज कार्कीले जानकारी गराउनु भयो । खत्याडमा इमेल, इन्टरनेट परको कुरा भयो, चाहेको ठाउँबाट फोन गर्नसमेत नसकिने अवस्था छ,” कार्कीले भनाई छ । यो समस्या केवल शाही र कार्कीको मात्र नभएर खत्याडीबासी सबैको साझा पीडा बनेको छ।

खत्याडी भेगका १ देखि ११ वडाका करिब ५ दर्जन बस्तीका ४ हजार २ सय घरधुरीलाई लक्षित गरी बिरा बगर जलविद्युत आयोजना स्थापना गरिएको थियो। २०६९ सालमा परियोजनाको डिपिआर तयार गरिएको थियो भने २०७४ साल चैत ५ गते उत्पादन तर्फ र २०७५ भदौ ६ गते वितरण तर्फ बोलपत्र आह्वान गरिएको थियो।

२०७५ मंसिर १५ मा उत्पादन तर्फ मेगा फेवा जेभी र प्रसारण तर्फ कस्मिक इलेक्ट्रोनिक्ससँग १८ महिने ठेक्का सम्झौता गरिएको खत्याड गाउँपालिकाले जनाएको छ। तर, कोभिड–१९ महामारी र २०७९ असोजमा परेको भीषण वर्षाका कारण आयोजनाका संरचनाहरू पहिरोले बगाएपछि पुनः निर्माण गर्नुपर्ने भएकाले ढिलाइ भएको गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले जानकारी दिए ।

अध्यक्ष शाहीका अनुसार बिद्युतको मुहानको काम बाहेक अरू सबै काम सकिएकाले अवको दुई महिनामा २०८१ जेठ सम्म बिरा बगर जल बिद्युतआयोजनाको सबै काम सम्पन्न हुने र खत्याडी जनताको वर्षौंदेखिको बिजुली बत्ती बाल्ने सपना पूरा हुने छ ।ू

आयोजनाको कुल लागत २७ करोड ५५ लाख ८ हजार २ सय ५४ रुपैयाँ रहेको छ भने यसको कुल विद्युत उत्पादन क्षमता ५०० किलोवाट बताइएको छ।

यस आयोजनाका लागि एसियन डेभलपमेन्ट बैंक ९ब्म्द्य० को अनुदान, माछापुच्छ्रे बैंकको १० प्रतिशत ऋण तथा सहकारीको १० प्रतिशत आन्तरिक व्यवस्थापन गरी कुल लागत जुटाइएको छ। विकास र समृद्धिको मुख्य आधार बिजुली भएकाले आयोजना छिटो सम्पन्न भई खत्याडीबासीले दशकौँदेखिको सपनालाई साकार पार्ने अपेक्षा गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?