सिमकोट – उत्तरी नाम्खा गाउँपालिकामा सञ्चालन भएको निःशुल्क दन्तशिविरबाट सात सयबढी सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा अधिकांश दाँतका बिरामीले दुख्ने दाँत निकाल्ने र खाली भएको ठाउँमा दाँत भरेर सेवा लिएका हुन्।
गाउँपालिकाका दुई वटा स्थानमा सञ्चालन भएको दन्तशिविरबाट ७१७ जना दाँतका बिरामीहरुले सेवा लिएको गाउँपालिका उपाध्यक्ष तकदिर लामाले बताए। शिविर चार दिन लगाएर नाम्खा गाउँपालिका– २ को केर्मीमा तीन वटा वडाका बिरामीका लागि र गाउँपालिका केन्द्र याल्वाङमा वडा नम्बर ४, ५ र ६ का बिरामीका लागि सञ्चालन गरिएको थियो।
जसमा १८९ जनाको दाँत निकाल्ने र ६ जनाको दाँत भर्ने कार्य भएको उनले बताए। त्यसैगरी, पाँच सय जनाको दाँत सफा गर्ने भएको उनले बताए।
शिविरमा दाँतको विशेषज्ञ सेवा प्रदान गरिएको थियो। शिविरमा जर्मनीका दन्तरोग बिशेषज्ञ चिकित्सकले उपचार गरेका हुन्।
शिविरमा दाँत निकाल्ने, कृत्रिम दाँत हाल्ने, आरसिटी र विशेषज्ञ चिकित्सकबाट दाँतसम्बन्धी अन्य समस्य पहिचान र उपचारसमेत गरिएको थियो। शिविर नाम्खा गाउँपालिकाको समन्वय, हिमाली बाल समाज र जिइआरडी च्यारिटी जर्मनीको आर्थिक सहयोगमा भएको हो। उपचार गराउने सबै दाँतका बिरामीलाई ब्रस र मञ्जन सहयोग गरिएको थियो।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































