चैत्र ३० मा नेपथ्य काठमाडाैँकाे गोकर्णेश्वरमा गुञ्जिने

चैत्र ३० मा नेपथ्य काठमाडाैँकाे गोकर्णेश्वरमा गुञ्जिने
+
-

‘अस्ट्रेलियाको शृंखलाबद्ध कन्सर्ट सकेर फर्किएपछि नेपथ्यले चैत्र ३० मा गोकर्णेश्वरमा प्रस्तुत दिने भएकाे छ।

गोकर्णेश्वरस्थित हनुमानचोकनजिकै खुला मैदानमा कन्सर्ट आयाेजकले बताएका छन् । यसलाई स्थानीय तन्नेरीहरूको समूह ‘ग्राउन्ड अफ इभेन्ट्स’ले प्रस्तुत गर्न लागेको हो।

‘काठमाडौँ उपत्यकाका नगरपालिकाहरू जनसंख्याका हिसाबले नेपालका अरू धेरै सहरभन्दा ठूला छन् । यी ठाउँमा पनि छुट्टै कार्यक्रम हुन सक्छ भन्ने अध्ययन गर्दै थियौं, गोकर्णेश्वरको प्रस्ताव आयो,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘विदेशका आधुनिक र प्रविधिसम्पन्न हलहरूको अनुभव लिएर आएको ब्यान्डलाई गोकर्णेश्वरका दर्शकमाझ पनि उत्तिकै स्तरमा उभ्याउने तयारीमा लागेका छौँ।’

‘नेपथ्य प्रस्तुत हुन लागेकामा दर्शक पूरै उत्साहित छन्,’ स्थानीय आयोजक श्यामकृष्ण श्रेष्ठ भन्छन्, ‘शो हुनुभन्दा अगावै अनलाइन र भौतिक टिकट बिक्रीमा लहरले हामी पनि निक्कै उत्साहित छौँ।’

गोकर्णेश्वरको कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्।

गोकर्णेश्वरको कार्यक्रमपछि आगामी महिना फेरि अस्ट्रेलियामा जस्तै शृंखलाबद्ध प्रस्तुति लिएर आफूहरू अमेरिका जाने तयारीमा रहेको पनि मुख्य गायक एवं ब्यान्डका अगुवा अमृतले जानकारी दिए।

यसअघि २०७९ पुसमा नेपथ्य भृकुटीमण्डपमा प्रस्तुति दिएकाे थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?