हुम्लाका विद्यार्थीको प्रश्नः पठनपाठन कहिलेबाट सुचारु हुन्छ सरकार ?

हुम्लाका विद्यार्थीको प्रश्नः पठनपाठन कहिलेबाट सुचारु हुन्छ सरकार ?
+
-

हुम्ला – हुम्लाका विद्यार्थीले विद्यालयमा पठनपाठन कहिलेबाट हुन्छ भनेर सरकारलाई प्रश्न गरेका छन्। बुधबार शिक्षक महासंघको आन्दोलनलाई समर्थन गर्दै आयोजना गरिएको आन्दोलनको सार्थकतासम्वन्धी सरोकारवालासँगको बहस कार्यक्रममा विद्यार्थीले सो माग राखेका हुन्।

हाल जिल्लामा सञ्चालन भई रहेको आन्दोलन काठमाडौंको शैक्षिक हडताललाई सर्मथनमा भएको र यसलाई सरोकारवाला पक्षलाई बुझाउन आवश्यक रहेको कारण बहस कार्यक्रम आयोजना गरिएको छ। शिक्षकले उठाएका माग सम्बोधन गरेर विद्यालयमा पठनपाठनको ब्यवस्था गर्न हुम्लाका विद्यार्थीले माग गरेका हुन्।

कार्यक्रममा आफ्नो भनाई राख्दै बालमन्दिर माविका विद्यार्थी रमित भण्डारीले पठनपाठन माथि खेलवाड नगर्न माग गरे। सरकारले शिक्षक जायज मागहरु तत्काल पुरा गरेर आन्दोलन रोक्न र विद्यालयमा पुर्ववर्ती अवस्थाझै पठनपाठनको बाताबरण बनाउन उनले माग गरे।

देशका अन्य जिल्लामा शैक्षिक सत्र वैशाख १ गतेबट हुने भएको कारण पठनपाठन सुरु नभएको भएपनि हिमाली जिल्ला हुम्लामा फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएको कारण पढाइ सुचारु अवस्थामा रहेको थियो। करिव एक महिना विद्यालयमा राम्रोसंग पठनपाठन भई रहेको वेला महासंघको आन्दोलनले विद्यालय बन्द हुँदा पठनपाठन रोकिएको उनले बताए। अर्का मानसरोवर नमूना माविका विद्यार्थी विद्या बुढाले विद्यार्थीको पढाइको चिन्ता गर्न सरकारसँग आग्रह गरे।

विद्यालय बन्द भएको आठ दिन भएको बताउदै कोर्ष नसकिएको त्यसको जिम्मेवार को हुने भनेर उनले प्रश्नसमेत तेस्र्याए। शिक्षकले राखेका माग जायजै भएकोले त्यसलाई छोटो बाटोबाट सम्बोधन गर्न पनि उनले सरकारसँग माग गरे। मानसरोवर नमूना माविकी छात्रा छवाङछुङ्मा लामा कक्षा हुनु पर्ने शिक्षक सडकमा आन्दोलन गरि रहेको कारण पढाइ प्रभावित भएको बताईन।

शिक्षकलाई मानसम्मान गर्न नसकिएको बताउदै उनले कसरी हुन्छ विद्यालयमा पढाइ सुचारु गर्ने बाताबरण सृजना गर्न सरकारसंग माग गरिन्। शिक्षकका माग सरकारले पूरा गर्नुपर्ने र शिक्षकले पनि सरकारसँग बार्तामा गएर समस्याको समाधान खोज्न उनले आग्रह गरिन्। पठनपाठन बन्द भएपनि विद्यार्थी हिजोआज भौतारिने अवस्थमा पुगेको बताउँदै यो समस्या बुझ्न उनले सरोकारवाला पक्षसँग आग्रह गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?