पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान

पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
+
-

वीरगञ्ज (पर्सा)- खुला सीमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीनमहिने चेतनामूलक अभियान सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार पर्साका १४ वटै पालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा अभियान थालिएको हो । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लागुऔषधको रोकथामको लागि सामूहिक प्रयास अपरिहार्य भएको बताए ।

“लागुऔषधको रोकथाम तथा नियन्त्रण एकल प्रयासले सम्भव हुन्न । त्यसैले सामूहिक प्रयास गर्नका लागि सबैले हातेमालो गर्न जरुरत छ ।” वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लागुऔषधको दुव्र्यसनी रोकथामको लागि पर्साका सबै पालिका एकजुट भएरअघि बढ्नुपर्ने बताए।

पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले लागुऔषधको कारोबारीले पर्सा जिल्लालाई ट्रान्जिटको रुपमा प्रयोग गर्दै आइरहेकाले त्यसलाई नियन्त्रण गर्न समाजका सबै वर्गको सहयोग आवश्यक हुने बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषधसम्बन्धी २६९ मुद्दा दर्ता भएक थिए । चालु आवको फागुन मसान्तसम्ममा त्यस्ता मुद्दाको सङ्ख्या १०२ पुगेको छ । पर्सा प्रहरी हिरासतमा रहेका ५५ जनामध्ये २७ जना लागुऔषध मुद्दाका अभियुक्त हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?