
काठमाडौँ – गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–६ का प्रतिस्पर्धी विकास थारूको नयाँ गीत ‘तम्रो माया ओए सुवा’ सार्वजनिक भएको छ।
उक्त गीत आर–प्रोडक्सन युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको हो। गीतमा विकास र सोनु कुश्मीको आवाज छ।
गीतमा शब्द र संगीत राज कुश्मीको रहेको छ भने म्युजिक एरेन्ज गणेश चौधरीको छ। म्युजिक भिडियोको सम्पादन वीरबहादुर थारूले गरेका हुन्। गीत नेपाली र थारू भाषामा छ।
विकास भ्वाइस अफ नेपालको टप–९ मा पुगेका छन्। बर्दियाका उनी दृष्टिविहीन हुन्।