लेखक लाठको गैरआख्यान ‘सीमान्त सम्झना’ प्रकाशित

लेखक लाठको गैरआख्यान ‘सीमान्त सम्झना’ प्रकाशित
+
-

काठमाडौँ– आख्यानकार गणेशप्रसाद लाठ अब गैरआख्यानकारका रुपमा उदाएका छन्। यसअघि चारवटा उपन्यास लेखिसकेका उनले ‘सीमान्त सम्झना’ नामक संस्मरण पुस्तक लेखेका हुन्। शनिबार कालिकास्थानस्थित नेपालयको आरशालामा ‘सीमान्त सम्झना’ पुस्तक लोकार्पण गरियो। पब्लिकेसन नेपालयको सार्वजनिकीकरण शैलीअनुरुप हलमा उपस्थितमध्येबाट कसैलाई लेखकले पुस्तक उपहार दिएपछि पुस्तक लोकार्पण गरिन्छ।

‘पुस्तक कसलाई उपहार दिन चाहनुहुन्छु भन्ने उद्घोषकको प्रश्नमा लेखक लाठले भने, ‘हाम्रो मधेसको नयाँ अध्येता अदिती साह र लेखक मोहन मैनालीलाई उपहार दिन चाहन्छु।’

यसरी एलएलबी चौथो सेमेस्टर अध्ययनरत अदिती साह र गत वर्ष मदन पुरस्कारप्राप्त कृति ‘मुकाम रणमैदान’का लेखक मोहन मैनालीका साथै पुस्तकका टिप्पणीकार यादव देवकोटासहित लेखक लाठले पुस्तक लोकार्पण गरे।

लोकार्पित पुस्तक ‘सीमान्त सम्झनाुबारे लेखक यादव देवकोटाले टिप्पणी गरे। इतिहास र संस्कृति विषयमा कलम चलाउँदै आएका टिप्पणीकार यादव देवकोटाले भने, ‘म सहरमा आलोचक यदाकदा निन्दकका रुपमा चिनिन्छु तर म आज यही‘बाट एकमुष्ट रुपमा भन्न चाहन्छु– ‘सीमान्त सम्झना’जस्ता राम्रा पुस्तक लेखे सारा मानिस धुइरिएर नराम्रो छ भन् भने पनि म यो पुस्तक ज्ञानवर्धक र पठनीय छ भन्छु।’

वीरगन्जकै अर्का लेखक धच गोतामेको उपन्यास ‘घामका पाइलाहरुुबाट आफ्नो मन्तव्य सुरु गरेका देवकोटाले ‘सीमान्त सम्झना’ले सरदार भीमबहादुर पाँडेले लेखेको ‘त्यस बखतको नेपाल’कै स्तरमा वीरगन्ज सहरको सामाजिक, आर्थिक इतिहास लिपिबद्ध गरेको बताए। उनले भने, ‘त्यस बखतको वीरगन्ज बुझ्न यो पुस्तक पढ्नैपर्छ।’

‘सीमान्त सम्झनाु पुस्तक कोरा कल्पनामा आधारित नभएको र आत्मश्लाघाबाट पनि मुक्त रहेको देवकोटाले टिप्पणी गरे। उनले भने, ‘सयौँ व्यक्तिसित कुराकानी गरेर लेखिएको, दर्जनौँ पुस्तक, लेखरचना उद्धृत गरी लेखिएको अनि दुर्लभ फोटोहरु पनि यहाँ प्रस्तुत गरिएको हुँदा सीमान्त सम्झना अनुसन्धानमूलक खजाना हो।’

संयोगले आफू गोरखाकै भएको तर गोर्खाली राष्ट्रवादले गणेशप्रसाद लाठजस्ता लेखकलाई लेखकका रुपमा स्वीकार गर्न कन्जुस्याइँ गर्ने गरेको पनि उनले बताए। पुस्तकमाथि टिप्पणी गर्दै देवकोटाले भने, ‘एकेडेमीहरुले छाप्नुपर्ने किताब नेपालयले छापेकामा बधाइ छ।’

पुस्तकका लेखक गणेशप्रसाद लाठ वीरगन्जमा बस्छन्। ‘क्षमादान’ उपन्याससहित यसअघि उनका चार पुस्तक प्रकाशित छन्। लाठ आध्यात्मिक साधक पनि हुन्।

आफूहरुले ‘सीमान्त सम्झनाुमा साहित्यको रसिलो शैली र गैरसाहित्यको शोध शैली संयुक्त रुपमा भेटेको हुँदा पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताए। ‘सीमान्त सम्झना शोधपत्र र सोचपत्र दुवै हो,’ सम्पादक आचार्यले भने, ‘लेखक गणेशप्रसाद लाठ एक जनाको मात्र नभएर पुस्तकमा धेरै जनाको भोगाइ समेटिएको छ, त्यसैले यो पुस्तक सामूहिक स्मृतिपुञ्ज र लोकइतिहास हो। सन्दर्भसामग्री, अनुसूची, कुराकानीसूची र तस्बिरसूचीले पुस्तक संग्रहणीय बनेको छ।’

गणेशप्रसाद लाठ

‘सीमान्त सम्झना’ले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास बताउने बताउँदै आचार्यले भने, ‘देशका हर परिवेशको इतिहास नआई देशको इतिहास पूरा हुँदैन।’

लेखक गणेशप्रसाद लाठले भने, ‘कसैले पढोस्, नपढोस्, छापोस्, नछापोस् तर लेखिरहन्छु म।’ हावाहुरी र पानीको बीच पनि आएर हलमा खचाखच भरिएका दर्शकदीर्घातिर हेर्दै उनले भने, ‘काठमाडौँले यसपालि मलाई बेग्लै माया र ऊर्जा दिएको छ।’

हरेक अंग्रेजी महिनाको दोस्रो शनिबार आरशालामा पुस्तक लोकार्पण गर्दै आएको नेपालयले सन् २०२५ भरिका लागि पुस्तक लोकार्पण क्यालेन्डर तयार पारिसकेको कार्यक्रममा जानकारी दिइयो।

केही रंगीन पृष्ठसहित ३३२ पृष्ठको ‘सीमान्त सम्झनाुको मूल्य ७४५ रुपैयाँ रहेको छ। पुस्तक देशभरका प्रमुख पुस्तक पसल तथा थुप्रैडटकम  www.thuprai.com बाट खरिद गर्न सकिनेछ। विश्वभरका पाठकहरुले पनि अमेजनबाट सोझै पुस्तक खरिद गर्न सक्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?