
झापा- विभिन्न देशका राजदूतहरूले सोमबार इलाममा चिया टिपाइको अनुभव लिएका छन्।
नेपाली नयाँ वर्ष २०८२ को अवसरमा इलाम आएका विभिन्न देशका राजदूतले इलामको सूर्योदय नगरपालिका अन्तुमा चिया टिपेका हुन्। उनीहरू चियापत्ती हाल्ने डालो बोकेर चिया वगानमा पसेका थिए।
इलाम आएका सबै राजदूतका लागि यो फरक अनुभव भएको र चिया कसरी तयारी गरिन्छ भन्ने जानकारी प्राप्त भएको सरकारी अधिकारीहरूले बताएका छन्।
सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले राजदूतले टिपेको चिया प्रशोधन गरी तयार पारेर उनीहरूलाई नै पठाइदिने जानकारी दिए।
ब्ल्याक टी, ग्रीन टी, उलङ टी, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना फिक्कलका प्राविधिक नविन कोइरालाले बताए।
इजिप्ट, दक्षिण कोरिया, बेलायत, स्वीटजरल्याण्ड, थाइल्याण्ड, अस्ट्रेलिया, फ्रेन्स रिपब्लिक, इजरायल, जापान, मलेसीया, श्रीलङ्का, बङ्गलादेश र इसीमोडका राजदूतहरू इलाम आएका हुन्।
तस्बिरहरूः