
आफ्नाे अभिनयमा विविधता ल्याउन रुचाउने कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक भएको छ।
देशले लखेटेर अमेरिकामा बस्नुपर्ने बाध्यता र भुटानी शरणार्थीको मनोविज्ञान प्रस्तुत गरिएको भुटानमा फरक अवतारमा देखिएका छन् हरिवंश। उनकाे बेजाेड अभिनय र चाेटिला संवादले ट्रेलर थप काैतुहल बनेकाे छ।
सन् २०८८ मा भुटानकाे राष्ट्रिय फुटबल खेलाडी विष्णु केसीको भूमिकामा देखिएका अभिनेता हरिवंश देशकाल र परिस्थितिसँग नेपाल हुँदै अमेरिकामा पुग्छन्। गम्भीर मुद्रामा देखिएका हरिवंशले अमेरिका लगिएका भुटानी आप्रावासीकाे देखिएका छन् । भुठानमा हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नकाे पनि अभिनय रहेकाे छ।
विनोद पौडेल निर्देशित यस फिल्ममा हरिवंशसहित दयाहाङ राई, पूजा चन्द, अनुराधा मजुमदार, ऋचा घिमिरे, जोएस पाण्डे, टम क्रेनलगायतको अभिनय छ।
अंग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नाम रहेको फिल्मकाे निर्माता अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, सुशांक मैनाली र कीर्तना बाँस्कोटा हुन्।
वैशाख १२ गते रिलिज हुने फिल्म भुठानलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्म्सले निर्माण गरेको हो।