नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ललितकला मेला सुरु (तस्बिरहरू)

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ललितकला मेला सुरु (तस्बिरहरू)
+
-

काठमाडौँ- ललितकला प्रज्ञा प्रतिष्ठानको १६ औँ स्थापना दिवसको सन्दर्भ पारेर ‘ललितकला मेला- २०८२’ आयोजना गरिएको छ ।
कलाको प्रदर्शन, प्रवर्द्धन तथा जानकारी दिने उद्देश्यले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलो पटक ललितकला मेला आयोजना गरेको हो ।

मेलामा चित्रकला, मूर्तिकला तथा हस्तकलाको प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् । मेलाले कलालाई आर्थिक, पर्यटकीय तथा सामाजिक रुपान्तरणसँग जोड्न मद्धत पुग्ने प्रतिष्ठानले जनाएको छ । मेलामा कलाका विषयमा कार्यशाला, गोष्ठी तथा अन्तरक्रिया समेत आयोजना भइरहेको छ । मेला १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

विभिन्न माध्यममा बनेका चित्रकला, मूर्तिकला, हस्तकलालगायत लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायत विधा तथा कला सामग्रीको बजार विकास र प्रवर्द्धनको थालनीका लागि यस मेला गरिएको प्रतिष्ठानले जनाएको छ । पैतालीसभन्दा बढी स्टल रहेको मेला बैशाखको ६ गतेसम्म चल्नेछ ।

थप तस्बिरहरू:

तस्बिर: फोटो लाइब्रेरी।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?